समाचार

  • भुकम्प पिडितलाई कानुनी सहायता सम्बधित घुम्ती शिविर आयोजना ।

    news

    सोलु एफ.एम.साउन२४, सोलुखुम्ब ः सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा  भुकम्प पिडितहरुको लागी कानुनी सहायता सम्बधित सामुदायिक घुम्ती शिबिर सम्पन्न भएको छ । राष्ट्र निमार्ण मन्चको आयोजनामा भएको कार्यक्रममा कानुनी परामर्श तथा  समाजभित्र रहेका समस्याको समाधानको बारेमा जानकारी गराएको छ ।
      कार्यक्रममा बोल्दै सोलु दुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राइले भुकम्प गएको लामो समय बित्दा समेत पिडितले राहत नपाएको गुनासो व्यक्त गर्नुभयो । वास्तविक पीडितले राहात पाउन नसकेकाले त्यसमा सबैको ध्यान जान जरुरी रहेको उपमेयर राइको भनाइ छ । उहाले निर्माण भईसकेका घरलाई भन्दा पुर्ननिर्माण हुन बाकी घरलाई जोड दिनुपर्नेमा त्यसो हुन नसकेको आरोप लगाउनुभयो ।
    दक्ष जानशिक्तीको अभावमा घर निमार्ण गर्न कठिन भएको स्थानिय गोम्बु शेर्पाले गुनासुो गर्नुभयो । नगरपालिका र पुणनिमार्ण प्रधिकरणको नियम बाजिन गएकाले कुनलाई टेकेर काम गर्ने भन्नेमा जनता अन्योलमा रहेको स्थानियको गुनासो रहेको छ ।
    यता   नगरपालीकाको वडा नम्बर ५ मा पनि भुकम्प पिडितहरुको लागी कानुनी सहायता सम्बधित कार्यक्रम सम्पन्न भएको छ । राष्ट्र निमार्ण मन्चको आयोजनामा भएको कार्यक्रममा कानुनी परामर्श तथा  समाजभित्र रहेका समस्याको समाधानको बारेमा जानकारी गराएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org