समाचार

  • संघ र प्रदेशको विचको स्पष्ट नीति नहुदा विषयगत कार्यलयहरु अन्योलमा ।

    news

    सोलु एफ.एम.साउन२४, सोलुखुम्ब ः विश्व आदिवासी दिवसको अवसरमा प्रदेश एक सरकारले बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि पूर्वका विषयगत कार्यालयहरु खु्ल्लेका छन् ।
    सोलुखुम्बु सहित प्रदेश एकका संघीय सरकार मातहत रहेका अधिकाशं विषयगत कार्यालयहरु खुल्लाका छन् ।  प्रदेश एक सरकारले हिजो सूचना जारी गर्दै विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर संघीय सरकारबाट आधिकारिक रुपमा केही जानकारी नआएकाले कार्यलय खुलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरले जानकारी दिनुभयो । जिल्लाका स्थानीय निकाय तथा विद्यालयमा भने बिदा दिइएको छ । वितिय सस्थाहरु समेत विहीबार खुलेका छन ।
    सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रानाले गृह मन्त्रालयबाट बिदासम्बन्धी आधिकारिक पत्र नआएकोले संघीय सरकार मातहत रहेका सम्पूर्ण विषयगत कार्यालयहरु खुल्ला राखिएको बताउनुभयो । विशेषगरी प्रशासन, अदालत, कोष तथा लेखा नियन्त्रक, नापी, शिक्षा, लगायतका कार्यालयहरु खुल्लाका हुन ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org