समाचार

  • बेपत्ता विद्यार्थी खोज्ने क्रममा गोताखोर घाईते ।

    news

    सोलु एफ.एम साउनु २५,सोलुखुम्बु ः करिब एक साता देखि गोकियो हिमतालमा बेपत्ता विद्यार्थीको खोजीमा सकृय गोताखोर टोलि आफै घाइते भएको छ । टोलिको एक जना सदस्यको खुट्टा लडेर मर्केका कारण शुक्रबारको खोजीकार्य प्रभावित भएको छ ।  बुधबार एक जनाको शब निकालेको टोलिले शुक्रबार दिनभर पनि खोजिकार्य जारि राखे पनि अरु लास निकाल्न भने सकेन ।
          सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बुधबार बिहानबाट हिमतालमा बेपत्ता विद्यार्थीको खोजी सुरु गरेका हुन् । मौसम   प्रतिकुलताको कारणसमेत गोताखोरको टोलिलाई उदारमा समस्या आइरहको प्रहिरी निरीक्षक नवीन राइले जानकारी दिनुभयो ।
     शनिबार विहान देखी पुन खोजी कार्य सुरु हुने साथै नभेटाएको खण्डमा गोताखोरको टाली फर्कने समेत राइले बताउनु भयो
    अहिले सशस्त्र प्रहरीका ५, नेपाली सेनका ५ र नेपाल प्रहरीका ५ जनाको टोलीले डुबेका विद्यार्थीको खोजि कार्यमा रहेका वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । खुम्जुङ माध्मीक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु शैक्षिक भ्रमणमा जाँदा तीन जना विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता बनेका थिए ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org