समाचार

  • वन दिवसमा वृक्षारोप ।

    सोलु एफ.एम साउनु २५,सोलुखुम्बु ः सामुदायिक वन दिवसको अवसरमा सोलुखुम्बु सदरमुकाम सल्लेरीमा बृक्षरोपन गरिएको छ । दिवसको अवसरमा जन जागृति माध्यमिक विद्यालय परिसरमा १ सय बोट गोब्रे सल्लाको विरुवा रोपिएको हो । सामुदायिक वन उपभोत्ता महासंघ नेपाल जिल्ला महासंघ सोलुखुम्बु तथा जिल्ला वन कार्यलय सोलुखुम्बु सल्लेरीद्धारा आयोजनामा दिवस मनाईएको हो  ।
    “सामुदायिक वनको पहिचान,संघीयतामा सम्वृद्धिको अभियान” भन्ने मुल नाराका सल्लेरी बजारमा ¥याली समेत गरिएको छ । साथै कार्यक्रममा सामुदायिक वनमा उत्कृष्ट योगदान पु¥याएको भन्दै जिल्ला वन महासंघका पूर्व अध्यक्षहरु आङ ङिमा लामा र टंकी माया बस्नेतलाई कदर पत्रका साथ सम्मान गरिएको छ । 
    आर्थिक वर्ष २०७४÷७५ मा राप्छा सामुदायिक बन उपभोक्ता समिति माप्यदूधकोशी गाउँपालिका १ उत्कृष्ट सामुदायिक बन घोषित भएको छ । सक्रियता तथा कार्यविबरणको आधारमा गरिएको छनोटमा छिवा, सामुदायिक वन थुलुङ दूधकोशी गाउँपालिका ९ द्धितिय र सुर्केविखे सामुदायिक बन लिखुपिके गाउँपालिका ५ तृतीय भएको छ । वन तर्फ थुलुङ दूधकोशी गाउँपालिका ७ का सन्त लामा पहिलो हुनुभएको छ । 
    त्यसैगरी थुलुङ दूधकोशी गाउँपालिका ५ का पासाङ निमा शेर्पा दोश्रो र सोलु दूधकुण्ड नगरपालिका ६ का ईन्दु लामा तेश्रो हुनुभएको छ । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org