समाचार

  • भुकम्प पिडितकालागि कानुनी सहायता सम्बन्धि घुम्ती शिविरको आयोजना ।

    news

    सोलु एफ.एम साउनु २५,सोलुखुम्बु ः सोलुखुम्बुको थुलुङ दुधकोशी गाउपालिका वडा नम्बर ७ र ८ मा  भुकम्प पिडितहरुको लागी कानुनी सहायता सम्बधित सामुदायिक घुम्ती शिबिर सम्पन्न भएको छ । योङ स्टार क्लवको सहकार्यमा राष्ट्र निमार्ण मन्चले आयोजना गरेको कार्यक्रममा भुकम्प पिडतितहरुका लागी कानुनी परामर्श तथा जटिलताका समाधानका विषयमा जानकारी गराएको हो । कार्यक्रममा भुकम्प पिडित वडाबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
    दक्ष जानशिक्तीको अभावमा घर निमार्ण गर्न कठिन भएको पिडितहरुको गुनासो छ । साथै गुनासो फारम भरे पनि हाल सम्म कुनै जानकारी नआएको पिडितहरुको गुनासो छ । कार्यक्रमको सहजीकरण कानुन ब्यवसायी सुमन न्यौपाने र विरुदास श्रेष्ठले गर्नुभएको छ । कार्यक्रम वडा नम्बर ८ का वडा अध्यक्ष अनुप्रशान्त राईको अध्यक्षता तथा सोलु एफ एमका स्टेशन म्यानेजर भोजराज कार्कीको विषेश उपस्थितिमा सम्पन्न भएको आयोजकले जनाएको छ । 
    भुकम्प पिडितहरुको लागी कानुनी सहायता सम्बधित सामुदायिक घुम्ती शिबिर योङ स्टार क्लव दोर्पुबजारको सहकार्यमा राष्ट्र निमार्ण मन्चले सोलुखुम्बुमा सञ्चालन गरिरहेको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org