समाचार

  • दुम्सी मार्न जादा एक जनाको ज्यान गयो ।

    news

     
    राम धन राई,सोलु एफ एम,साउन २७ खोटाङ–दुम्सीलाई धुवा लगाउदा खोटाङमा एक जनाको ज्यान गएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–८ सिम्पानीकी ४५ वर्षीया सरिता तामाङको दुम्सीलाई धुवा लगाउने क्रममा निश्सासिएर मृत्यु भएको हो । छोराछोरी सहित शनिबार बिहान दुम्सी मार्न हिडेकी सरिता स्थानीय डिउखोलास्थित ओढारमा मृत फेला परेकी हुन् । आमासँगै ओढारभित्र पसेका उनका ११ वर्षीय छोरा नवललाई अर्धचेत अवस्थामा फेला पारिएको स्थानीयले बताएका छन् । मृतककी छोरी ८ वर्षीया पुजनालाई भने प्रहरी र स्थानीयले सकुशल उद्दार गरेको छ । 
      निसास्सिएर बोल्न नसक्ने अवस्थामा पुगेका नवललाई हेलिकोप्टरमार्फत काठमाडौं पु¥याइएको जिल्ला प्रहरी कार्यलय खोटाङलाई उद्धित गर्दै सहकर्मी रामधन राईले जानकारी दिनुभयो । दुम्सी मार्न भन्दै घरबाट निस्केका आमा र छोराछोरी अबेरसम्म घरमा नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले डिउखोलाको ओढारमा आगो बलेको र ओढार बाहिर जुत्ता चप्पल देखेपछि उनीहरु ओढारभित्र फसेको पत्ता लगाएका थिए । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org