समाचार

  • वैदेशिक राजगारीको क्रममा ज्यान गुमाएका परिवारलाइ ब्लडमनी ।

     
    राम धन राई,सोलु एफ एम,साउन २७ खोटाङ–वैदेशिक राजगारीको क्रममा साउदीमा ज्यान गुमाएका तीन जना खोटाङबासीको परिवारका लागि ब्लडमनी आएको छ । १८ जना मृतक कामदारको परिवारलाई नेपाली दूतावासले पठाएको ब्लडमनी पाउनेमा खोटाङको तीन परिवार रहेको उल्लेख छ । 
    अदालतको फैसला अनुसार ब्लडमनी पाउनेमा मृतक रामनाथ राई, देवराज राई र मृतक सन्तोष खत्रीको परिवार रहेका छन् । रामनाथको परिवारलाई साउदी रियाल ७५ हजार, देवराजको परिवारलाई २० हजार रियाल र सन्तोषको परिवारलाई २० हजार रियाल पठाईएको उल्लेख गरिएको छ । ब्लडमनी परराष्ट्र मन्त्रालयमा पठाईसकिएको दुतावासले जनाएका छन् । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org