समाचार

  • नेपाललाई चिनाउने सोलुखुम्वूको सगरमाथा त्यहाँ वसोबास गर्ने जनताका व्यथा

    news

    शान्ति बस्नेत (केसी), साउन २८
    प्रकृतिको सुन्दर देश हाम्रो नेपाल अत्यन्तै राम्रो छ ।यहाँ विभिन्न जात जातिहरु मानिसहरु बसोवास गरेको हामी सबैलाई थाहा छ । बहुजाति, बहुभाषिक, बहुभार्मिक हो हाम्रो देश त्यस्तै सोलुखुम्वू पनि सोलुखुम्वुमा धेरै नै जातजातिको बसोवास भएता पनि एकदमै एक अर्कामा राम्रो सम्वन्ध भएको छ । सोलुखुम्वु भौगोलिक रुपमा यो पहाडि साथै हिमालि क्षेत्र पर्दछ । यो प्रदेश नम्वर १ अन्तर्गत पर्दछ । यस स्थानमा विभिन्न किसिमका प्राकृतिक दृष्यहरु देख्न सकिन्छ । सोलुखुम्वु सगरमाथाको काखमा रहेको छ । त्ससर्थ पनि यो एकदमै मनोरम स्थान मान्न सकिन्छ । विभिन्न पौराणिक साथै ऐतिहासिक स्थलहरु पनि रहेको ठाँउ हो सोलुखुम्वु यहाँ धार्मिक स्थलहरु पनि रहेको पाईन्छ । जस्तै दुधकुण्ड पोखरी यो खुम्वु पशाङ्ल्यामु गाउँपालिका अन्तर्गत पर्दछ। यहाँ विशेष गरी धार्मिक र पर्यटनहरु आउने गरेको पाईन्छ । धेरैले यहाँ पुग्यो भने आफुले चिताएको काम सिद्ध भएको एक किसिमको विश्वास रहेको स्थान भनेर चिनिन्छ। त्यस्तै गरी  जालिम, यो पनि एक दमै धार्मिक रुपले विश्वसनीय रुपमा लिने गरीन्छ ।
    यहाँ धेरै जसो स्थानीहरुले आफ्नो भरभाकलहरु लगेर चढाउने गरेको पाईन्छ त्यहाँ लगेर आफुले चिताएको कुरा चढायो भने पुरा हुने धार्मिक विश्वास रही आएको छ । यो थुलुङ्ग दुधकोशि गाउँपालिकाको देउसा गाँउमा अवस्थित रहेको छ । त्यस्तै गरी भुमेस्थान पनि एक उदगम स्थलको रुपमा मानिन्छ यहाँ किरात राईहरुको विशेष भूमि अर्थात भूमे पूजा गरीन्छ । यहाँ विशेष किरात राईहरुको भएता पनि धार्मिक मेलमिलापले गर्दा उक्त पर्वमा सबै जातजातिको भेला भएर नाँचगान गर्ने परम्परा रहेको छ । यस भूमे पूजामा विशेष गरी सबैलाई सुख शान्ति मिलोस साथै भोकमरीले कोहि पनि मर्नु नपरोस भन्ने आस्थाका कारण यो भूमे पर्वलाई विशेष मानिन्छ । यो माम्य दुधकोशि गाँउपालिका अन्तरगत भुमेथान भन्ने स्थानमा छ। जुन भूमे पूज्ने ठाँउबाट नै भुमेथान भन्ने नाम रहन गएको भन्ने विश्वास रहि आएको छ ।त्यसै गरी सोलुखुम्वुको सदरमुकाम नजिकै तामाखानि भन्ने स्थान छ त्यहाँ पनि ज्वालामाई देवि अर्थात सबैको मनोकाक्षां पुरा हुने स्थलको रुपमा रहि आएको छ। 
    यहाँ विभिन्न किसिमका धामि, झाँक्रीहरु सबै मिलेर त्यो स्थानमा पुग्ने गरेका छन्।त्यहाँ त्यसरी जाँदा सबैको भलो हुँदै गएको विश्वास रहि आएको छ ।यस्तै गरी सोलुखुम्वु जिल्लामा धेरै नै धार्मिक र पर्यटकीय स्थानहरु रहेका छन्। तर पनि आजसम्म त्यही ठाउँमा भेरै नै किसिमका समस्याहरुले गर्दा सबै सामू सहि तरिकाले सदुपयोग भएको छैन् । यस्ता सम्भावित स्थानहरुलाई सरकार पक्षबाट पनि केहि हुन सकेको छैन । किन कि सोलुखुम्वुमा विभिन्न किसिमका विकासे वजेटहरु त आउछन तर त्यो सहि स्थानमा सदुपयोग भएको नै छैन । किन कि यो क्षेत्रमा राम्रोसंग समाजमा भएका समस्याहरु साथै पर्यटनहरुलाई राम्रोसंग हिड्डुल गर्न सक्ने वातावरण  बनाउन सकियो भने यो क्षेत्र विकासको हिसावले तीव्र रुप लिन सक्छ । विकास गर्नलाई सधै नेताहरु ठूला र चर्का भाषण र विचार लिएर आउनु हुन्छ ।तर जनकाका पक्षमा भोट मागुन जेलसम्म मात्रै तयो सीमित रहेको स्पष्ट थाहा छ । विकास भन्ने कुरा बोलेर मात्रै हुन्न यति धेरै सम्भावना भएको ठाँउ हो कि सोलुखुम्वु तर के गर्नु काम गर्ने विचार र विकास गर्ने सोच भएका नेता साथै सरोकारवालाहरु ले काम नगर्दाको स्थितिले पछि पर्नु परेको छ।
    अब सधै भरि असम्भव मात्रै देख्ने हैन किन कि आफ्नो नै गाँउमा केहि काम गर्ने वातावरण भयो भने किन मान्छे अनेक बहानामा सुगम स्थानतर्फ सर्नु पर्ने बाध्यता हुन्थ्यो र । अहिलेसम्म पनि गाँउपालिकाहरुमा मोटर बाटो पुगेको छैन । अब यस्ता ठाँउमा चाँडै नै पुर्याउनु पर्ने छ । र जुन स्थानहरुमा बाटो पुगेको छ त्यसलाई व्यवस्थित बनाउनु पर्यो । किन कि जहिले हिउँदमा मात्रै बाटो चल्ने अरु समयमा सधै बाटो बन्द हुने गर्छ अनि कसरी राम्रो हुन्छ र यरी सबै तिर राम्रोसंग सरोकार निकायहरुले ध्यान दियो भने कहि नि सोलुखुम्वुको जनताहरुले विभिन्न समस्याहरु भोग्नु पर्ने थिएन । यदि बाटो राम्रो भयो भने धेरै नै कुराबाट समाज मजवुत हुने थियो । यसरी समाजमा सडकको स्थिति राम्रो हुने भए पर्यटन भित्र्याउन सहज हुने थियो र आन्तरिक वाहिय विभिन् पर्यटकहरुको आगम हुँदा स्थानिय स्तरका जनताहरुको आर्थिक स्थिति पनि राम्रो हुने कुरामा विश्वास गर्न सकिन्छ । साथै स्थानीय स्तरमा वा सोलुखुम्वुमा विभिन्न किसिमका अन्न वालि साथै तरकारी जस्ता विभिन्न फलफुलहरु पनि प्रशस्त रुपमा उव्जनि हुने ठाँउ हो ।
    जब सडकको स्तर  राम्रो भयो भने ती उत्पादन भएका सम्पूर्ण वस्तुहरुले पनि बजार भाउ पाउने साथै जनताहरुलाई पनि आर्थिक जीवन स्तर मजवुत बनाउने थियो । त्यसैले अहिलेको स्थानीय सरकारको ध्यान  त्यसमा जान जरुरी छ । कुन गाँउपालिकामा के कस्ता वस्तुहरु उत्पादन हुन्छ र त्यसलाई कसरी बजारीकरण गर्न सकिन्छ भनेर सोच्न जरुरी ठान्दछौं । यसरी विभिन्न खालका वस्तुहरुको राम्रोसंग वस्तुको उत्पादन, विक्रि र वितरण गर्न सकियो भने  समाजले छिट्टै कोल्टे फेर्न सक्ने छ । यहाँ पर्यटकहरु आउदाँ विभिन्न खालका समस्याहरु भोग्दै आउनु भएको छ । त्यही भएर पनि अब द्चाँडो भन्दा चाँडो यस्ता समाजका लागि घातक पक्ष वा घाटा पक्षलाई वियालेर समयैमा नै समस्याको नियन्त्रण गर्नु पर्ने छ । गाँउघरका मानिसहरु राम्रो नेतृत्व पाउन नसकेर पनि विकास हुन नसकेको हो । अबको सोलुखुम्वुको सार्थकता नेताका नारालाई र जनताको भोटलाई सम्मानित गरिने खालको विकास गरिनु आजका जनताका आवश्यकता मान्नु पर्छ ।
    लेखीका बस्नेत (केस) उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयमा कार्यरत छिन् ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org