समाचार

  • बालुवा उत्खनन गर्दा सोलु खोला नै सडकमा ।

     
     
     सुवास दर्नाल, सोलु एफ.एम साउन २८,सोलुखुम्बु ः  सोलुदुधकुण्ड नगरपालीकाको वडा नम्बर ४ बोल्दोमा अहिले सोलुखोला सडकबाट बग्न थालेको छ । खोला किनारमा गरिएको बालुवा उत्खननले गर्दा खोला सडकमा फर्किएपछि स्थानिय जोखिमपुर्ण यात्रा  गर्न बाध्य बनेको छन । बालुवा निकाल्दा खोला सडकमा आएकाले जोखिम बढेको स्थानिय धनबहादुर तामाङले भनाइ छ । 
    निरन्तरको अविरल बर्षातको कारण खोलामा पानीको बाहब समेत बढेको छ । पानीको बहावको कुनै ख्यालै नगरि वालुवा उत्खनन गर्दा दुर्घट्नाको जोखीम बढेको यात्रुको भनाई छ । नगर क्षेत्रमा भएको यस्तो कार्यलाई नियमन गर्ने निकायको ध्यान पुग्न नसक्दा यस्ता कार्यले प्रसय पाएको स्थानियको भनाई छ । यदि तत्काल रोकथाम तर्फ सम्बन्धित निकायले ध्यान नदिने हो भने थप क्षती बेहोर्नुपर्ने भएकाले समयमै नियन्त्रण गर्नु पर्ने तामाखानीका प्रेम बहादुर मगरको भनाई छ ।
              बालुवा उत्खननले खोला नै सडकमा फर्कीनुले स्थानियको दैनिकि तथा यात्रूको यात्रा जोखिममा परेको नगरबासीहरुको भनाई छ । सानासाना विद्यार्थीहरु समेत सोही बाटो हुदै विद्यालय जानु पर्ने भएकाले दुर्घटनाको जोखिम समेत उच्च भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले यस विषयमा आफ्नो ध्यानआर्कषण भएको बताउनुहुदै यदि दोषी पाइए कारबाही प्रकृया अगाडी बढाईने बताउनुभयो ।
         यस विषयमा हामीले सोलुदुधकुण्ड नगरपालीकाका मेयर नाम्गेल जाङबु शेर्पालाई सम्पर्क गर्दा उहाको फोन उठ्न सकेन । खोलामा बालुवा उत्खनन गरी खोला सडकमा फर्किनुले सम्बन्धित निकायको खिल्ली उडाएको छ । त्यतीमात्र नभई बालुवा उत्खनन् कार्य बैधानीक छ या अबैधानीक छ त्यो समेत चासोको बिषय बनेको छ । बोल्दो खोलामा भएको बालुवा उत्खनन्को बास्तबीकता बुझी तत्काल संबन्धित निकायले रोकथाम तथा कार्वाहीको प्रत्रृmया अगाडी बढाउनुपर्ने नगरबासीको माग छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org