समाचार

  • जुभिङमा स्वास्थ्य शिविर जारी ।

     
    याङजी राई सोलु एफ.एम साउन २९,सोलुखुम्बु ःसोलुखुम्बुको माप्य दुधकाशी गाउपालिकाको वडा नम्बर १ जुभिङमा आजदेखि स्वाथ्य शिविर सञ्चालमा आएको छ । मुभिङ माउन्टन ट्रष्टको आयोजनामा भएको शिविरमा मुटु,पेट,छाति, नाककान घाटि,प्रसुति, हाडजोर्नि चर्म रोग, यौन रोग लगाएतका रोगको उपचार तथा परामर्श दिइने छ । 
    शिविरको पहिलो दिन आज १ सय १२ जनालाइ  सेवा प्रदान गरिको छ ।  सेवा लिनेमा ४० जना पुरुष र ७२ जना महिला रहेका छन् । त्यसै गरी दातको उपचारमा २८ जना, स्वास्थ्य परीक्षण सम्बन्धि २ जना र मुटुको रोग सम्बन्धि १ जनालाइ सेवा प्रदान गरिएको आयोजकका कोषाध्यक्ष ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । शिविर अझै ४ दिन सम्म जारी रहने आयोजकले जनाएको छ । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org