समाचार

  • नेपाल टेलिकम लुक्लामा अनिश्चितकानिल ताला ।

    news

     
    सोलु एफ.एम साउन २९ सोलुखुम्बु ः नेपाल टेलिकमले गुणस्तरीय सेवा नदिएको भन्दै सेवाग्राहीले टेलिकमको शाखा कार्यालयमा तालाबन्दि गरेका छन् । सेवा ग्राहीले बारम्बार सेवा गुणस्तरको बारेमा कार्यालयलाई ध्यानकर्षण गराएको भएपनि सुनुवाई नभएको भन्दै लुक्ला शाखामा मंगलबार तालाबन्दि गरिएको स्थानीय सेवाग्राही नाम्गेल शेर्पाले जानकारी दिनुभयो । 
    पटक पटक सेवा गुणस्तरको बारेमा क्षेत्रिय कार्यालयमा समेत ध्यानकषर्ण गराउँदा पनि बिभिन्न बाहाना बनाउँदै पञ्छिने गरेको स्थानीयको आरोप छ । पर्यटकिय क्षेत्र भएकाले सेवा गुणस्तरीय हुनुपर्ने उनीहरुको माग छ । नेपाल टेलिकमको आफ्नै भवन नहुँदा सेवा विस्तार गर्न नसकेको टेलिकमले बताउँदै आएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लुक्लामा टेलिकमकै नाममा करिब ९ रोपनी जग्गा भएपनि भवन निर्माण हुनसकेको छैन । केहि बर्ष अगाडीनै भवन निर्माणको लागि भन्दै स्थानीयले टेलिकमको नाममा जग्गा रजिष्ट्रेशन गरिदिएको भएपनि भवन निर्माण गर्ननसक्नुले सेवा गुणस्तरमा वेवास्ता गरेको स्थानीयको आरोप छ । 
    यता नेपाल टेलिकम पुर्वाअञ्चल क्षेत्रिय कार्यालय बिराटनगरका प्रमुख रामनरेश कँुवरले काठमान्डौ बाट व्याट्री व्याकप गईसकेकाले तत्काल समस्याको समाधान हुने बताउँनुभयो । सेवाग्राहीले तालबान्दि गर्नु दुखत कुरा भएपनि भौगोलिक बिकट्ताले काम गर्न नसकेको बताउँनुभयो । टेलिकममा देखिएको समस्या समाधान गर्नको लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने उहाँको भनाई छ । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org