समाचार

  • सोलुखुम्बुमा बन्दको प्रभाव शून्य ।

    news

     
    सोलु एफ.एम साउन २९,सोलुखुम्बु ः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव अन्य जिल्लामा समान्य परेपनि सोलुखुम्बुमा भने शून्य रहेको छ । जिल्लाका सम्पुर्ण शैक्षिक संस्था निर्वाधरुपमा सञ्चालन भएका छन् भने लामो तथा छोटो दुरीको सवारी साधन समेत सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख सालिकराम पौडेल शर्माले जानकारी दिनुभयो । 
    विप्लबको उपस्थितिलाई निस्तेज पार्न कडा सुरक्षा व्यवस्था गरिएको प्रहरीले जनाएको थियो । तर, देशका अन्य भागमा भने बन्दको प्रभाव परेको छ । आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुर सहित देशका विभिन्न भागमा प्रेसर कुकर बम र शंकास्पद बस्तु घेटिएको छ । धेरै जसो स्थानमा तर्साउनका लागि प्लाष्टिकमा पोको पारेर शंकास्पद बस्तु राखिएको प्रहरीले जनाएको छ । बन्द गराउने केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org