समाचार

  • मोटरसाईकल दुर्घटनामा वडा अध्यक्ष गम्भिर घाईते ।

    news

    सोलु एफ.एम साउन २९,सोलुखुम्बु ःमोटरसाईकल दुर्घट्ना हुँदा थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अनुप्रशान्त राई घाईते हुनुभएको छ । वडा कार्यालय नजिकै बुडिडाडा भन्दा तलको भिरमा मोटरसाईकल दुर्घट्ना हुँदा अध्यक्ष राई गम्भिर घाईते भएको ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुले जनाएको छ । 
    वडा कार्यालयबाट कार्यालयको काम गरेर घर फर्कने क्रममा आज दिउसो १ः३० बजे तीर मुल्ठा नजिकैको पहिरोबाट मोटरसाईकलमा सवार अध्यक्ष राई झरेको प्रत्यक्ष दर्शिले चुडामणि केसीले जानकारी दिनुभयो । उहाँसंगै सवार स्थानीय जंगराई भने सडकको अवस्था ठीक नभएपछि पैदल हिडेका थिए । घाईते अध्यक्षको अवस्था गम्भिर रहेको बताईएको छ । उहाँको स्वास्थ्य चौकी देउसामा प्राथमीक उपचार पश्चात थप उपचारको लागि एभरेष्ट हेलिकप्टर मार्फत काठमान्डौ लगिएको छ । उहाँको ललितपुर स्थीत मेडिसिटि हस्पिटलमा उपचार भईरहेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । वडा कार्यालयकै मोटरसाईकल रहेको र वान टेष्ट भएकाले नम्बर समेत खुल्न नसकेको ट्राफिक प्रहरी नारयण बहादुर बस्नेतले जानकारी दिनुभयो । 
    केहि महिना अघि अविरल बर्षात संगै पहिरो गएपछि उक्त सडक खण्ड अहिले अबरुद्ध छ । गाउँपालिका र वडा कार्यालयको सक्रियतामा अबरुद्ध सडक खुलाउनको लागि उक्त पहिरो क्षेत्रमा काम भईरहेको छ । सोही भिरमा एक वर्ष अगाडी जीप दुर्घट्ना हुँदा एक जनाको घट्नास्थलमै ज्यान गएको थियो ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org