ताजा खबर

समाचार

  • अब एनसेलमा फेसबुक निःशुल्क, च्याट गर्न भने पैसा लाग्ने

    news

    ३ फागुन, काठमाडौं । निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलमा आज रातिदेखि फेसबुक निःशुल्क चल्ने भएको छ ।

    एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गरेको हो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तरगत निःशुल्क सेवा सुरु गरिएको बताएको छ ।

    एनसेलका अनुसार अब फेसबुक लगइन गरेर लाइक, कमेन्ट, शेयरका साथै स्टाटस लेख्न पैसा लाग्दैन । साथै फोटो अपलोड गर्न पनि पैसा लाग्दैन । तर, फेसबुक निःशुल्क सेवामा अरुले अपलोड भएका तस्वीरहरु हेर्न सकिने छैन । यसका लागि इन्टरनेट वा डाटा नै प्रयोग गर्नु पर्ने हुन्छ ।

    साथै फेसबुक (म्यासेन्जर) च्याटका लागि पनि डाटाको प्रयोग गर्नु पर्ने हुन्छ । एनसेलले हाल निःशुल्क टि्वटर अफर पनि दिएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org