समाचार

  • बिमस्टेकका देशहरूलाई जोड्न बौद्ध सर्किट सञ्चालन गर्नुपर्छ– प्रधानमन्त्री ओलीको भनाइ ।

    news

     
    प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक क्षेत्रका सबै सदस्य राष्ट्रहरु बौद्ध धर्मसँग गाँसिएको भन्दै यस क्षेत्रको पर्यटनलाई बढावा दिन बौद्ध सर्किटको सञ्चालन गर्नुपर्ने बताएका छन् । 
    विहिवारबाट राजधानीमा शुरु भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको  चौथो शिखर सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कनेक्टिभिटीमाथि बिमस्टेक गुरुयोजनाको मस्यौदा ग्रहण गर्ने तथा यातायातमार्फत क्षेत्रीय उपकरणहरुलाई समयमै निकर्ष दिन सके बिमस्टेकको सहयोगलाई अगाडि बढाउन सहयोग पुग्ने बतानुभयो । 
    सम्बोधनमा ओलीले भन्नुभयो,‘बुद्धलाई जन्म दिएको देशको प्रधानमन्त्रीको रुपमा कनेक्टिभिटी र पर्यटनलाई बढावा दिन यस क्षेत्रमा बौद्ध सर्किटको विकास र सञ्चालनको महत्वलाई रेखांकन गर्न चाहन्छु ।’
    प्रधानमन्त्री ओलीले बिमस्टेक क्षेत्रभित्र साह्रै कम व्यापार भइरहेको भन्दै व्यापार, लगानी, सीमा शुल्कको मामिलाहरूमा आपसी सहायता, विवाद निरुपण तथा व्यापार सुविधा सम्झौताहरूको प्रारम्भिक निष्कर्षमा बिमस्टेकलाई प्रभावी ढंगबाट अगाडि बढाउन सहयोगी सिद्ध हुने बताए । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org