समाचार

  • स्काई मेमोरियल पत्रकारिता पुरस्कारद्वरा सोनाम याङ्जी पुरस्कृत

    news

    काठमाडौ १३ भाद्र । शेर्पा पत्रकार संघको बार्षिक साधरण सभा तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम काठमाडौमा सम्पन्न भएको छ । कार्यक्रममा प्रथम शेर्पा लेखिका ‘लाक्पा दिकी शेर्पा’ र ‘स्व सारा शेर्पा’ नामक पुरस्कारबाट ३ पत्रकारलाई पुरस्कार तथा सम्मान गरिएको छ । सम्मानित हुनेहरुका गोरखापत्र दैनिकका सोनाम याङजी शेर्पा, अन्नपुपोष्टका छेटु शेर्पा, नागरिक दैनिकका खिलक बुढाथोकीलाई पुरस्कार तथा सम्मान गरिएको हो ।

    हवाईजहाज दुर्घटनमा परेर मृत्यु भएकी एअर होस्टेज सारा शेर्पाको नाममा स्थापना गरिएको ‘सारा शेर्पा पत्रकारिता पुरस्कार २०७५’ बाट नागरिक दैनिकका खिलक बुढाथोकी, संघले स्काई मेमोरियल पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिककी सोनाम याङजी शेर्पालाई सम्मान गर्ने भएको छ । 
    त्यसैगरी प्रथम शेर्पा लेखिका लाक्पा फुटी शेर्पा पर्यटन पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका छेटु शेर्पालाई सम्मान गर्न लागेका संघका सचिव कर्म शेर्पाले जानकारी दिए ।

    सांसद यज्ञराज सुनुवाुरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त साधरणसभा तथा पुरस्कार वितरण कार्यंक्रममा गोरखापत्र दैनिकका सोनाम याङजी शेर्पालाई नगद १० हजार एक सय एघार रुपैया प्रथम लेखिका लाक्पा दिकी शेर्पा पर्यत पुरस्कारले सम्मान गरिएको थियो । तयसैगरी नागरिक दैनिकका पत्रकार खिलक बुढाथोकीलाई १० हजार एक सय एघार रुपैया सहित प्रथम लेखिका लाक्पा दिकी शेर्पा पर्यटन पुरस्कारले सम्मान गरेको छ । साथै अन्नपूर्ण पोष्टका छेटु शेर्पालाई ५ हजार पाँच सय ५५ नगद सहित प्रथम लेखिका लाक्पा दिकी शेर्पा पर्यटन पुरस्कारले सम्मान गरिएको छ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org