समाचार

  • भ्रष्टाचार र बेथितिविरुद्ध ‘नेपालका लागि नेपाली’ नागरिक अभियान घोषणा ।

    news

    मुलुकभर बढ्दै गइरहेको भ्रष्टाचार र बेथिति न्यूनीकरणका लागि ‘नेपालका लागि नेपाली’ नागरिक अभियान घोषणा गरिएको छ । भ्रष्टाचार विरोधी अभियानका अगुवा अधिवक्ता भरत जंगम नेतृत्वको अभियानमा अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी सदस्य छन । अभियानले भ्रष्टाचार र बेथिति अन्त्यका लागि दबाबमूलक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
     
    काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा अभियानका अगुवा भरत जंगमले पहिलो चरणमा उपत्यका स्तरमा अभियान सञ्चालन गरिने बताउनु भयो । ‘आगामी असोज १५ गतेपछि अभियानलाई देशव्यापी रुपमा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री लगायत जिम्मेवार नेताले नै मुलुक संकटमा रहेको अभिव्यक्ति दिएर डरलाग्दो अवस्था सिर्जना भएको जनाउँदै अभियन्ताहरूले सशक्त अभियानमा ऐक्यवद्धता जनाउन आह्वान गरेका छन ।
     
    अभियानले पञ्चायतकालदेखि अहिलेसम्मका राजनीतिक र उच्च ओहोदामा बस्ने सबै व्यक्तिको सम्पत्ति छानबीन हुनुपर्ने, गैरकानूनी रुपमा आर्जन गरिएको सम्पत्ति राष्ट्रियकरण गर्न अधिकारसम्पन्न नागरिक आयोग गठन गर्नुपर्ने र गैरकानूनी सम्पत्तिलाई गरीबी निवारणमा लगाउनुपर्ने माग गरेको छ । पूर्वपदाधिकारीलाई दिइने सम्पूर्ण सुविधा खारेज गर्नुपर्ने र स्वास्थ्य उपचारका नाममा दिइएको खर्च असुलउपर गर्नुपर्ने माग समेत गरिएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org