समाचार

  • एशिया कप छनोट प्रतियोगितामा नेपालले पहिलोे जित ।

    news

    एशिया कप छनोट प्रतियोगितामा नेपालले पहिलोे जित दर्ता गरेको छ । शनिबार भएको लेखमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । पानी परे पछि ३० ओभरमा घटाइएको खेलमा  नेपाले ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।
    नेपालको सुरुवात भने खराब रहेको थियो । ६० रनमा ५ विकेट गुमाइ सकेको नेपाललाई दिपेन्द्र सिह ऐरि र आरिफ शेखले समानजनक स्थीतिमा पु¥याएका थिए  । दिपेन्द्रले ५४ र आरिफले ६४ रन बनाए पछि नेपालले सम्मानजनक स्कोर तयार पारेको हो । शनिबारको खेलमा पनि नेपालको माथिल्लो क्रम चल्लन सकेन । ओपनर सुवास खकुरेल र अनिल कुमार साह सस्तैमा आउट भए । त्यस पछि क्रिजमा आएका ज्ञानेन्द्र मल्लले पनि उल्लेख्य यागदान दिन सकेनन । नेपाली टिमका कप्तान पारस खड्का पनि सस्तैमा आउट हुदा नेपालि टिम थप दवावमा परेको थियो । 
    तर युवा खेलाडि शेख र ऐरिले राम्रो साझदारी गरे पछि नेपालले सम्मानजनक स्कोर तयार गर्न सफल भयो । 
    १ सय ८९ रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा आएको घरेलु टिमले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । मलेसियालाई सस्तोमा समेट्न नेपालका बसन्त रेमीले ३ तथा सोमपाल कामी र सन्दिप लामिछानेले समान २–२ विकेट लिएका थिए । त्यस्तै सागर पुन र दिपेन्द्र सिंह ऐरिले पनि १–१ विकेट लिए । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org