समाचार

  • एक वर्षमै ९० प्रतिशत बाचा पुरा गरेको अध्यक्ष निरौलाको भानाइ ।

    news

    सोलु एफ.एम भाद्र १७
    खोटाङको ऐँसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले आपूmले बोलेको ९० प्रतिशत काम सम्पन्न गरेको दावी गर्नुभएको छ । निर्वाचनको समयमा गरिएका प्रतिबद्धताहरु शत प्रतिशत पुरा हुन नसकेको भएपनि जनताको सेवा गर्न आएकाले ५ वर्ष भित्र उत्कृष्ट काम गर्ने बताउँनुभयो ।
         आपूmले धेरै ठुला आश्वासन नदिएको र दिएका आश्वासन पुरा गरिरहेको गाउँपालिका प्रमुख निरौलालाको भानाइ छ ।  सबैको चित्त बुझाउन नसकिने भएकाले केहि मान्छे असन्तुष्ट भए पनि धेरै मानिसको मन जित्ने गरि काम गरेको उहाँको दावी छ ।
    वडाबाट आएका कार्यक्रमलाई सफलताका साथ सम्पन्न गरिएको प्रमुख निरौलाको भनाई छ । केन्द्रिय लाइनको विद्युत नजोडिएको अवस्सथामा आपूmआइसके पछि पोल गाड्ने कार्य जारी रहेको र दशैसम्म धेरै ठाउँमा केन्द्रिय विद्युत प्रशारण लाईन पु¥याइने लक्ष्य रहेको अध्यक्ष निरौलाले बताउँनुभयो ।
    गाउँपालिकामा कुनै पनि विवाद नरहेको र सहमतिका आधारमा कार्य सम्पादन गरिदै आएको अध्यक्ष निरौलाले जिकिर गर्नुभयो । गाउँपालिकामा रहेका शिक्षा, स्वाथ्य, खानेपानी लगायतका समस्या समाधान गर्न गाउँपालिका सफल रहेको उहाँले प्रष्ट पार्नु भयो । गाउँपालिकामा टेलिफोनको समस्या रहेको स्वीकार्दै त्यसलाई यस वर्ष समाधान गरिने उहाँले  प्रतिवद्धता व्यक्त गर्नुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org