समाचार

  • आर्थिक वर्षको पहिलो महिनामै अर्थमन्त्रालयले बाँड्यो ३ करोड ।

    news

    अर्थ मन्त्रालयले सरकारी ढुकुटीबाट चालू आर्थिक वर्षको पहिलो महिना(साउन)मा ३ करोड रकम वितरण गरेको छ । मन्त्रालयले साउनमा मात्रै विभिन्न मन्त्रालय र निकायमार्फत व्यक्तिहरुलाई  ९९ लाख ४५ हजार रकम निकासा गरेको छ । यस्तै काठमाडौंमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनका लागि गृहमन्त्रालयलाई २ करोड रुपैयाँ रकमान्तर गरेको छ ।
     
    मन्त्रालयले सार्वजनिक गरेको साउन महिनामा निकासा भएको तथ्यांकअनुसार छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसनमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई विशेष राहत स्वरुपमा गृहमन्त्रालय मार्फत २० लाख रकम उपलब्ध गराएको छ ।
     
    यस्तै मन्त्रिपरिषद्ले गरेको विभिन्न निर्णयका आधारमा नेपाल कम्युनिष्ट पार्टी पर्सालाई विभिन्न शिर्षकमा २८ लाख ५३ हजार रकम निकासा गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै मन्त्रिपरिषद्को निर्णयअनुसार बाजुरा छेडदह ५ का हस रावतका हकदारका नाममा १० लाख रहम निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ । 
     
    चालू आर्थिक वर्षको साउनमा निकासा भएको रकममा करदाता सेवा कार्यालय कालिमाटी अन्तर्गतका करदाता प्रमिला पराजुलीले अग्रिम आयकर मार्फत बढी दाखिला गरेको रकम फिर्ताका लागि आन्तरिक राजस्व विभागका नाममा ९४ हजार रुपैयाँ निकासा गरेको पनि उल्लेख छ । 
     
    यस्तै अर्थमन्त्रालयले काठमाडौं महानगरपालिका ४ चण्डोलका पिताम्बर आम्बुहाङका नाममा २ लाख २५ हजार निकासा गरेको छ ।
     
    राष्ट्रकवि माधव प्रसाद घिमिरेको उपचारका क्रममा नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउन लैजाँदाको खर्च परराष्ट्र मन्त्रालयको नाममा १४ लाख ९८ हजार ६ सय ९ पनि अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिएको छ ।
     
    यसरी अर्थमन्त्रालयले सरकारी ढुकुटीबाट साउन महिनामै विभिन्न ब्यक्ति तथा संस्थालाई आर्थिक सहायता र कर फिर्ताका लागि विभिन्न मन्त्रालय तथा निकायलाई ९९ लाख ४५ हजार ६ सय ९ रुपैयाँ निकासा गरेको छ । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org