समाचार

  • इंग्ल्यान्डका लागि सर्वा्धिक रन बनाउने कूकले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा।

    news

     इंग्ल्यान्डका कीर्तिमानी ब्याट्स्म्यान एलेस्टर कूकले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । पूर्व कप्तान कूकले सन् २००६ मा डेब्यु गरेदेखि १२ हजार भन्दा बढी टेस्ट रन र ३२ वटा शतक बनाएका छन् । कूकको फर्म हालैको समयमा खस्किएको थियो । अस्ट्रेलिया, पाकिस्तान र भारतविरुद्धका खेलमा उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । 
     
    इंग्ल्यान्डले भारतविरुद्धको टेस्ट शृंखला जितेको भएपनि कूकले सात इनिङमा जम्मा १०९ रन बनाउन सकेका थिए । भारतविरुद्धको शृंखलाको अन्तिम म्याच शुक्रवारदेखि शुरू हुँदैछ र कूकले त्यसपछि अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट संन्यास लिनेछन् । 
    उनले भने, ‘विगत केही महिनायता लामो सोचविचार गरेपछि मैले यो टेस्ट शृंखलापछि संन्यास लिने घोषणा गरेको छु । मेरो लागि यो दुःखद दिन भएपनि मैले देशका लागि गर्नसक्ने सबै गरेको र अब मसँग केही बाँकी नरहेको भन्ने मलाई लाग्छ ।’
     
    कूकले १२ वर्षअघि भारतविरुद्धको डेब्यु म्याचमै शतक प्रहार गरेका थिए । उनले इंग्ल्यान्डका लागि कीर्तिमान ५९ टेस्टमा कप्तानी समेत गरेका थिए र गत वर्ष जो रूटलाई कप्तानी सुम्पेका थिए । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org