समाचार

  • ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गयो ।

    news

    सोलु एफ.एम भाद्र २०
    खोटाङ् दिक्तेलबजारको अल्छेढुङ्गाबाट रत्नपार्कतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा  १ जनाको ज्यान गएको छ । को २ त १३८८ नम्बरको खाली ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गाको जिरो प्वाइन्ट नजिक दुर्घटना हुँदा ट्याक्टर चालक २२ वर्षीय प्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
     
    ट्याक्टर सडकबाट करिब १० मिटर तल खस्दा गम्भीर घाइते भएका चालकको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटैमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताउनुभयो ।
     
    दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ४ खाल्लेका २० वर्षीय सहचालक सुजन राई गम्भीर घाइते भएका छन् । घाईंतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org