ताजा खबर

समाचार

  • इलाममा अन्तर्राष्ट्रिय फुटबलका लागि मैदान बनाइँदै, चैत १७ देखि खेल हुने

    news

    इलाम, फागुन ३ – इलाममा हरेक वर्ष सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता यस वर्ष ढिलो गरी सुरु हुने भएको छ । इलामको ठूलो टुँडिखेल पुनर्निर्माण नसकिएकाले यस वर्षको प्रतियोगिता चैत १७ गतेबाट सञ्चालन हुने भएको हो ।  

    झण्डै १२ लाख रुपैयाँको लागतमा पुनर्निमार्ण भैरहेको खेल मैदानको ८० प्रतिशत काम पूरा भएको माइभ्याली फुटबल क्लबले जनाएको छ । क्लबका अनुसार प्रतियोगितामा सम्पूर्ण खेलाडीहरुले खेल्न असहज भएको गुनासोे गरेपछि सहजताका लागि टँुडिखेल मैदान मर्मत गरिएको हो । 

    क्लबका अध्यक्ष धिरेन चेम्जोङ्गका अनुसार अहिलेसम्म मैदानभित्र रहेका रोडा हटाई ४–५ फिटसम्म माटो हाल्नुका साथै दुबो रोप्ने काम सकिएको छ । दुवोलाई समयमा नै उमार्नको लागि बायोकिङ्ग अर्गानिक मल लगाएर पानी लगाउने काम सम्पन्न भएको र खेलमैदानको वरिपरी प्याराफिट बनाउने काम मात्र बाँकी रहेको छ । 

     

    प्रतियोगितामा नेपालका ए–डिभिजनसहित भारत र भुटानका क्लबहरूसमेत सहभागी हुँदैछन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभागीय टोली, सहारा क्लब, रूपन्देही–११ र झापा–११ लगायत देशका १० टिम प्रतियोगितामा सहभागी हुने क्लबका अध्यक्ष चेम्जोङले बताउनु भयो  । पोहोर प्रतियोगिता सुरु हुने बेलामा आफू सहभागी हुन नसक्ने जनाएको मनाङ मस्र्याङ्दी क्लबले यो वर्ष भने सहभागिता जनाउने सम्भावना रहेको उहाँको भनाई छ ।  

    गएका वर्षमा माघ महिनामा सञ्चालन गरिँदै आएको प्रतियोगिता यस वर्ष मैदान मर्मतका कारण चैत १७ देखि २६ गतेसम्म सञ्चालन गरिने सहआयोजक जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरोज खड्कीले जानकारी दिनु भयो  ।
    तीन वर्षअघि पहिलो वर्ष प्रतियोगिता आयोजना गर्दा नै माइभ्याली क्लब उत्कृष्ट ए–डिभिजनमा उक्लेको थियो । काठमाडौंभन्दा बाहिरका धेरै प्रतियोगितामा खेलाडीको मूल्य बढेकाले यहाँ पनि बढ्ने भएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org