समाचार

  • प्रधानमन्त्री ओलीसँग भारतीय पूर्व प्रधानमन्त्री देवे गौडाको भेटवार्ता ।

    news

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका पूर्वप्रधानमन्त्री एचडी देवे गौडाले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । 
     
    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीले एकअर्का मुलुकमा गरेको भ्रमणले द्विपक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट जलमार्ग, रेलमार्ग र र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताउनुभयो । 
     
    भेटका अवसरमा देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
     
    भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाले नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिनुभएको थियो ।
     
    तीनदिने भ्रमणमा बिहीबार नेपाल आउनुभएका भारतीय पूर्वप्रधानमन्त्री देवे गौडा शनिबार स्वदेश फर्कँदै हुनुहुन्छ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org