समाचार

  • गौ हत्या मुद्दाको पेसि असोज ७ मा ।

    news

    सोलु एफ.एम भाद्र २४
    सोलुखुम्बु ः जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको आरोपमा जेलमा रहेका कैदिले कैद घटाइ पाउँ भनि दिएको निवेदनमा सुनुवाइ सुरु भएको छ । फैसला भने हुन नसकेको जिल्ला अदालतका सुचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनु भयो । निवेदकलाई नै उपस्थित गराउनु पर्ने भएकाले त्यसको पेसि असोज ७ गतेका लागि तोकिएको उहाँले जानकारी दिनुभयो ।  
         पुरानो सहिता अनुसार गौ हत्याको सजाय १२ वर्ष रहेको थियो । नयाँ सहितामा गौ हत्याको सजाय ३ वर्षमा झारेकाले जिल्ला कारकारमा रहेका ४ जना कैदिबन्दिले सजाय नयाँ सहिता अनुसार घटाइ पाउँ भनेर निवेदन दिएका थिए ।  निवेदकलाई उपस्थित गराएर असोज ७ गतेका लागि पेसि तोकिएको जिल्ला अदालतका सुचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org