समाचार

  • साफ च्याम्पियनसिप सेमिफाइनल समीकरण पूरा, टसमा मालदिभ्सको भाग्य चम्कियो ।

    news

    बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा भारतले मालदिभ्सलाई २–० ले हराएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो । 
    बंगबन्धु रंगशालामा भएको खेलमा भारतले ३६औं मिनेटमा अग्रता लिएको थियो । निखिल पुजारीले  भारतका लागि पहिलो गोल गरेका थिए । ४४औं मिनेटमा भारतका मनवीर सिंहले दोस्रो गोल गरेका थिए । भारत ६ अंकसहित समूह बीको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सेमिफाइनलमा समूह ए को उपविजेता पाकिस्तानसँग खेल्नेछ ।
     
    श्रीलंका र माल्दिभ्स दुवै टिमले भारतसँग समान दुई गोलको अन्तरमा हारेका कारण दुवै समान स्थितिमा थिए । समूह उपविजेताको निर्धारण टसबाट भएको थियो । टस जित्दै सेमीफाइनलमा मालदिभ्सले स्थान बनायो । 
     
    नेपालले बुधबार सेमिफाइनलमा मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org