समाचार

  • फ्रान्समा एक ब्यक्तिद्वारा अन्धाधुन्ध छुरा प्रहार, सात जना घाईते ।

    news

    फ्रान्समा एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा सात जना घाईते भएका छन् । फ्रान्सको पेरिसमा गरिएको छुरा प्रहारमा घाइते हुनेमा दईजना बेलायती पर्यटक पनि रहेका छन् । पेरिसको एक बैंक नजिक भिडभाड भएको स्थानमा ती ब्यक्तिले छुरा प्रहार गरेको बताइएको छ ।
     
    सोही स्थानमा बल खेलिरहेका केहीले भने छुरा प्रहार गर्ने ब्यक्तिलाई बलले हानेर रोक्ने प्रयास गरेका थिए ।छुरा प्रहार गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । यद्यपी आतंकवादी हमला भने नभएको प्रहरीले जनाएको छ । आक्रमणकारीको पहिचान भने खुलाइएको छैन ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org