समाचार

  • कृर्षकलाई आत्म निभर बनाउन प्रशिक्षण ।

    news

    सोलु एफ.एम भाद्र २५ 
    खोटाङ्को केपिलासगढी गाउँपालिकाको वडा नं ६ दिप्रुङमा केराउ खेति सम्बन्धि तालिम सम्पन भएको छ । रावा हरियालि कृर्षि सहकारीको आयोजनामा १ दिने कार्यक्रम सम्पन भएको हो । वडाका ५० जना कृर्षकको सहभागितामा रहेको सहकारीका व्यवस्थापक भोलानाथ तिमिल्सीनाले जानकारी दिनुभयो ।
         वडा अध्यक्ष अशोक राईको प्रमुख आथिथ्यमा भएको कार्यक्रममा केराउ खेतिको विषयमा जी फाउन्डेसनका कृर्षि प्राविधिक सरोज कुमार भुजेल प्रशिक्षण दिनभएको थियो । कार्यक्रमको सभापतित्व सहकारीका अध्यक्ष जीवन कुमार गीरीले गर्नुभएको थियो ।
         कार्यक्रमको उद्देश्य स्थानिय कृर्षकको आयआर्जनमा वृद्धि ल्याउनु रहेको सहकारीका व्यवस्थापक तिमिलसिनाले जानकारी दिनुभयो । एक दिने कार्यक्रममा खेराउ खेति गर्ने तरीका, रोक किराबाट जोगाउने तरिका र गोडमलेको बारेमा प्रशिक्षण दिएको प्रशिक्ष भुजेलले जानकारी दिनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org