समाचार

  • थुलुङदुधकोशीलाई कसरी पर्यटकिय गाउँपालिका बनाउँने ? यस्तो छ सुझाव ।

    news

    भोजराज कार्की
    भदौ २५, २०७५
    सोलुखुम्बु ः थुलुङदुधकोशी गाउँपालिकामामा पर्यटन प्रबद्र्धनका लागि एक कार्यक्रमको आयोजना गरिएको छ । पर्यटन व्यवसायी र सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो । 
    गाउँपालिकालाई सम्बृद्ध बनाउने एक महत्वपुर्ण पाटो पर्यटन भएकाले यसको प्रर्वद्धनमा जोड दिनुपर्ने गाउँपालिका अध्यक्ष असिम राईको भनाई छ । कार्यक्रमलाई संबोधन गर्नुहुदै अध्यक्ष राईले पहिलोपटक गाउँपालिकाले कार्यक्रम आयोजना गरेको बताउँनुहुदै पर्यटनको संभावना, कार्यक्रम र रणनितिको बिषयमा गृहकार्य भईरहेको जानकारी गराउँनुभयो । उहाँले भन्नुभयो, “पर्यटन प्रर्बद्धन गर्ने उदेश्यका साथ किवि भिजेल र आर्गानिक भिलेज घोषणा गरि काम अगाडी बढीसकेको छ ।” 
    कार्यक्रममा बोल्ने अधिकांश बक्ताले उत्पादनलाई जोड दिनुपर्ने सुझाव दिएका छन् । खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बुलाई जोड्ने मुन्दुम ट्रेलको काम गरिरहनुभएका पर्यटन व्यवसायी रमेश राईले गाउँपालिकाको मुख्य आकर्षणलाई पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । छलफलमा सहभागी हुनुभएका राईले गुरुयोजना निर्माण गरि संभावनाको खोजी गर्न सकेमा पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँको सुझाव थियो, “छिमेकी गाउँपालिका संग समन्वय गर्दै अगाडी बढ्नुपर्छ ।”
    यस्तै युरोपियन देशहरुमा पर्यटनको क्षेत्रमा काम गर्दै आउनुभएका सुरज राईले संस्कृतीलाई जोड दिनुपर्ने बताउँनुभयो । “कल्चर पहिलो प्राथमीकता हुनुपर्छ ।” उहाँले भन्नुभयो, “वातावरण प्रदुषणलाई ध्यान दिदै, पर्यटन प्रर्वद्धन सम्बन्धि चेतनामुलक कार्यक्रम सुञ्चालन गर्नुपर्छ ।”
    यस्तै व्यवसायी थुलुङ दुधकोशी ७ देउसा निवासी केशब राईले पर्यटनलाई आकर्षणको केन्द्र हुनसक्ने जालिम पोखरी तथा जालपा देवी जस्तै प्रमुख धार्मीक क्षेत्रको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । वर्षको दुई पटक मेला लाग्ने जालिम क्षेत्र मनमोहक दृश्य संगै धार्मीक विश्वास भएकाले त्यस क्षेत्रमा सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, ओखलढुंगा जिल्ला सहितका भक्तजनहरु आउने गरेको भन्दै उहाँले त्यस क्षेत्रबाट सगरमाथाको समेत अवलोलन गर्नसकिने हुँदा पर्यटन प्रबृद्र्धनको केन्द्रको रुपामा बिकास गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
    यस्तै कार्यक्रममा सहभागी ग्रीनवेल्ट नेपालका संयोजक माओ राई किराँतले पर्यटन क्षेत्रको पहिचान गरि सोही क्षेत्रका विज्ञता हासील गरेकालाई प्रर्बद्धनको जिम्मेवारी दिनुपर्नेमा बताउँनुभयो । गाउँपालिका हुँदै दुधकोशी खोला बग्ने भएकाले त्याहाँ ¥याफ्टीङको समेत सम्भावना रहेको उहाँको धारणा छ । 
    यस्तै, पर्यटन व्यवसायी निरकुधन राईले गाउँपालिकामा कपास खेती विस्तार गर्दै समुदायमा आधारीत धार्मीक तथा सास्कृतिक होम स्टे सञ्चालन गर्न सुझाव दिनुभयो । 
    विगत लामो समय देखी पर्यटन क्षेत्रमा रही टानको महासचिव समेत भईसक्नुभएका कर्ण लामाले जनप्रतिनिधिले सबैलाई विश्वास दिलाएर अगाडी बढ्न सुझाव दिनुभयो । गाउँपालिकाले निक्कै मत्वपुर्ण दुरगामी कार्यक्रमको सुरुवात गरेकाले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।  
    पर्यटन विज्ञ बच्चुनारण श्रेष्ठले थुलुङदुधकोशी गाउँपालिका पर्यटकिय हिसाबले निक्कै महत्वपुर्ण गाउँपालिका भएकाले खुम्बु क्षेत्र संग तल्लो क्षेत्रलाई जोड्ने कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । जिल्लाको तल्लो क्षेत्रमा कृषिलाई प्रबद्र्धन गर्नसकेमा पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
    यस्तै सोलुखुम्बु प्रदेश सभा (क) का सांसद उत्तम कुमार बस्नेतले सम्बृद्धिको मुल आधार पर्यटननै भएकाले गाउँपालिकाले निक्कै महत्वपुर्ण कार्यको थालनी गरेको भन्दै प्रशंसा गर्नुभयो । जिल्लामै पहिलोपटक थुलुङदुधकोशी गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको भन्दै सांसद बस्नेतले जस्तोसुकै सहयोग र तीन तहबीचको सहकार्यमा आफु तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    काठमान्डौको ठमेलमा आयोजना गरिएको कार्यक्रममा सोलुखुम्बु प्रदेश सभा (क) का सांसद उत्तमकुमार बस्नेत, पर्यटन विज्ञ बच्चुनारण श्रेष्ठ, टानका पुर्व महासविच कर्ण लामा सहित लामो समय देखी पर्यटन व्यवसायमा रहेका व्यक्ति लगाएत सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org