समाचार

  • भालुको आक्रमणबाट सोलुखुम्बुमा २ जना सख्त घाईते ।

    सुबास दर्नाल,सोलु एफ.एम भाद्र २८ 
    सोलुखुम्बको तामाखानीमा भालुको आक्रमणबाट २ जना सख्त घाईते भएका छन । भालुको आक्रमणबाट सोलु दूधकुण्ड नगरपालिका ३ तामाखानीका दुई जना महिला गम्भीर घाइते भएका हुन् । विहिबार दिउसो करिब १२ बजे घर नजिकैको थुम्लिङ जगंलमा  घाँस काट्न गएका बेला भालुले आक्रमणबाट स्थानिय ४० वर्षीया सानु मगर ४७ वर्षीया मनकुमारी मगर गम्भीर घाइते भएको स्थानिय गोर्कण मगरले जानकारी दिनुभयो । भालुको आक्रमणबाट सानु र मनकुमारीको टाउको, घाँटी,ढाड र तिघ्रामा गहिरो चोट लागेको छ । पाँच जना सँगै घाँस काट्न गए पनि अन्य तीन जना भने भागे ज्यान बचाउन सफल भएको स्थानियले बताएका छन ।
    घाइते दुवैको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको  छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भएपनि  मौसम प्रतिकुलताका कारण हेलिकप्टर आउन सकेको छैन । घाईतेलाई गाडीबाटै काठमाण्डौ लैजाने तयारी भईरहेको वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल मगरले बताउनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org