समाचार

  • वडामा अनलाइनबाटै सेवा प्रवाह सेवाग्राहिलाई सहज ।

    news

    सोलु एफ.एम भाद्र २८
    सोलुखुम्बु ः सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ६ले अनलाइबाट सेवा प्रवाह सुरु गरेको छ । अनलाइन मार्फत सेवा सुचारु भएँसगै सेवा प्रवाहमा सहज भएको छ । भदौ ५ गते देखि सेवा सुचारु भएको सेवामा अहिलेसम्म १५ जनाले सेवा लिएका छन ।
         वडाबाट सेवा लिनेमा धेरै जसो ब्यक्तिगत घटना जन्मदर्ता, मृत्युदर्ता बसाइसराइ जस्ता विषयमा सेवा लिन आउने गरेको वडा अध्यक्ष राम कुमार श्रेष्ठले जानकारी दिनु भयो । अनलाइन मार्फत सेवा प्रवाह गर्दा छिटो र प्रभाबकारी भएकाले सेवाग्राही खुसि भएर जाने गरेको वडा अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।
         यसलाइ अझै प्रभावकारी बनाउनका लागी वडा कार्यलय लागी परेको  वडा अध्यक्ष राम कुमार श्रेष्ठले बताउनुभयो । बिभिन्न सेवा लिनेको संख्यामा समेत बृद्धि भएका वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सेवा लिनेहरुमा सबैभन्दा बढी मालपोत रसिद, जग्गा नामसारी, नागरिकता सिफारिस सामाजिक सुरक्षा भत्ता सम्बन्धि सेवाग्रीहीको चाप बढेको वडा अध्यक्ष राम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org