समाचार

  • आन्दोलन सफल भएको राहात शिक्षकको भनाई ।

    news

    सोलु एफ.एम भाद्र २८
    सोलुखुम्बु ः सोलुखुम्बुमा राहात शिक्षकको आम हड्तालको तेस्रो तथा अन्तिम दिन हडताल कार्यक्रम पूर्ण रुपमा सफल भएको राहात शिक्षकले बताएका छन । मंगलबार देखी विभिन्न मागको राखेर आम हड्तालको आव्हान गरिएको थियो । बन्दका कारण अधिकांश सामुदायिक विद्यालय पठन पाठन अबरुद्ध भएको छ । 
    राहत शिक्षकको पेशागत सुनिश्चितताको लागि विभिन्न माग राखि आन्दोलन गरेको थिए । आन्दोलनमा सोलुखुम्बु जिल्ला शिक्षक महासंघ शिक्षकका पेशागत संघ संगठन विद्यालयका प्रधानाध्यापक लगायतको सहयोगले आन्दोलन सफल भएको नेपाल राहत शिक्षक जिल्ला कार्य समितीका अध्यक्ष खगिन्द्रराज बास्तोलाले बताउनु भयो  । 
    यसैबीच, नेपाल राहत शिक्षक समितिको आव्हानमा बिहीबार पनि सोलुखुम्बु सहित ओखलढुंगाका अधिकांश विद्यालय बन्द भएका छन् । आफना माग संबोधन गराउन भन्दै राहत शिक्षकले अव्हान गरेको तीनदिने शैक्षिक हड्तालका कारण विहिबार पनि ओखलढुंगाका सामुदायिक विद्यालय बन्द भएका हुन । 
     
         
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org