समाचार

  • गर्भदेखीनै असुरक्षित नारी ।

    news

    शान्ति बस्नेत(केसी)
         हाम्रो देश नेपाल ४ जात ३६ वर्णको फूलबारी हो । यहाँ विभिन्न जातजातिका मानिसहरु बसोवास गर्छन । हाम्रो नेपाली समाजमा सवै जातजातिको बसोवासले गर्दा सवैको सुमधुर सम्बन्ध, मेलमिलाप र सद्भावपूर्ण छ । त्यसैले एक अर्काको कला संस्कृति, रीतिरिवाज, चालचलनमा सवैको सकरात्मक भावना रहेको छ । तर विडम्बना भन्नु नै पर्छ, यसरी मिलेको समाजमा महिला र पुरुष विच ठूलो विभेद छ । रुढीवासी परम्परासहित जगडिएको पुरुष प्रधान समाजले संसार बदल्न सक्ने क्षमता रहेका महिलारुलाई अझै पनि घरको चुलोचौकोमा सीमित राखेको छ भन्दा फरक पर्दैन । पुरुषवादी संकुचित सोच र महिलाहरलाई कमजोर ठान्ने मानिसिकताको कारणले केही सीमित महिलाबाहेक सवै महिलाहरुमा परिवर्तन आउन सकेको छैन । 
    महिलाहरुले पनि सभ्य समाज बनाउने परिकल्पना गरिहरका हुन्छन्, त्यसको लागि महिलाहरुलाई पर्याप्त अवसर नपुगेको ऐना जस्तै छर्लङ्ग छ । संविधानमा महिलाका कुनै पनि अधिकारहरालई खुम्च्यिाई सीमित रख्न नपाईने ब्यवस्था गरेको छ । तर अहिलेपनि संविधानलाई समाजले महिलाको मामिलामा कतिले बुझेका छैनन् त कतिपयले बुझेर पनि बुझ पचाएका छन् । देशमा लोकतन्त्र गणतन्त्र सहितको संघीय संविधान आएपछि महिला हिंसाका घटनाहरु घट्नुको साटो दिनप्रतिदिन बढ्दै गएको छ । विगतमा भएका महिला हिंसाका घटना भन्दा हिजो आज घटेका महिला हिंसाका घटनाहरु झन कारुणिक र दर्दनाक छन ।
    महिला हिंसाका घटनामा संलग्नहरुलाई कानुनको कठघरमा उभ्याउन नसक्दा महिलाहरु समाजबाट तिरस्कृत हुनु परेको छ । पछिल्लो घट्नाक्रमलाई हेर्दा महिलाहरु भान्छादेखि सार्वजनिक स्थलसम्म असुरक्षित छन । प्रत्येक दिन महिलाहरु कुनै न कुनै हिंसामा परिरहेका समाचारहरु संचारमाध्यमबाट प्रकाशन प्रसारण भईरहेका छन । झट सुन्दा सबैलाई सामान्य लाग्छ, तर त्यसको पीडा कति हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । बाहिरबाट हेर्दा घाऊ सानो ठूलो होस आखिर घाऊ भनेको घाऊ नै हो त्यो दुःख्छ । समाजमा घाऊ जस्तै महिलाको कथा व्यथा दुःखिरहन्छ ।  यति मात्र हैन गर्भमै छोरा भए जन्म दिने र छोरी भए भ्रूणहत्या गर्ने गरिएको छ । छोरीले संसार देख्नै नपाई आमको कोखबाटै मृत्युको बाटो रोज्नु पर्ने हाम्रो कस्तो संस्कार ? के छोरी भएर जन्मलिनु अपराध हो ? छोरी भएर जन्म लिनु यो समाजका लागि महापाप ठान्नेहरुले गर्दा महिलाहरु बाँचेर पनि मरिरहेका छन । 
    यस संसामा छोरीले पहिलो पाईलाटेकेदेखि बृद्धभई मुत्यु नहुनजेलसम्म सवै हिंसा खेपिरहनु परेको छ । यसरी महिलाको अस्मिता लुटिदाँ यो समाजका महान भनिने अधिकारकर्मीहरु कदाकल्चि घटना बाहेक मौन हुन्छन । महिलाहरु समाजमा पुरुष जस्तै खुल्याम स्वतन्त्र भएर सुरक्षित बाँच्न चाहान्छन । महिलाहरुलाई पनि पुरुष सम्मान अधिकार, शिक्षा, स्वास्थ्य र स्वतन्त्र लगाएत अन्य स्वतन्तत्रा चाहन्छन । कुनै पनि अपराधिकलाई जसरी अपराधको विल्ला भिडाईन्छ त्यसै गरी महिलाहरुलाई पनि कामै गर्न नसक्ने भनि विल्ला भिडाईएको छ । जसका कारण महिलाहरु को मतिष्कमा असर परिरहेको हुन्छ भन्ने ती बुजरुक बर्गका भनाउँदाहरुले अलिकतिपनि बुझ्न सकेका छैनन् । यस्तो हुनु भनेको जघन्य अपराध सरह नै हो । महिलालाई बोक्सिको नामदिई दिनदाहडै सार्वजानिक स्थलमा कुटपिट गरी मलमुत्र खुवाईन्छ । सामुहिक बलात्कार गरी हत्या गरिन्छ । प्रहरी प्रशासनमा उजूरी पर्छ महिनौ बितिसक्छ नियमनकारी निकाय देशमा कानुनै नभएजस्छो मखदर्शक भएर टुलुटुलु हेरिरहन बाध्य छ र बाध्य बनाईएका पनि छन् । आफन्तहरु कुनैपनि घट्नामा संलग्न भएमा दोषी भएपनि निर्दोश सावित गर्नका लागि जस्तोसुकै परिस्थितिको सामाना गर्न तयार हाम्रा नियमनकारी निकायमा रहेका उच्च ओहदाका विचरा कर्मचारीहरु । अब हामी महिलाले तिनिहरुलाई कसरी बुझ्ने ? अधिकारका कुराहरुमा ठूलाठूला भाषण गरी हिड्नेका लागि मात्रै हाम्रो देशमा कानून बन्छ । सीधा सोझो महिलाको लागि कानून निरीह बन्छ । माहिलाहरुले कहि कतै आफु सुरक्षित भएको अनुभूति गर्ने ठाउँ समेत पाएका छैनन् । हरेक दिन महिलाहरुको हृदयलाई मर्माहित बनाउने कामको गरिएको छ । महिलाको मर्मलाई कुल्चने केही पुरुषप्रधान समाजले गर्दा महिला हिंसाका घटनाहरु बढ्दै गएका छन । महिलाहरुले घरदेखि समाजलाई सुन्दर बनाउन देखेका सपनाहरु आर्यघाटमा ज्यूदैं जलाउन बाध्य बनाईएको छ । 
    यदि महिलाहरुका सपनाहरुलाई समाजमा सजाउने वातावरण हुन्थ्यो भने ती उराठ लाग्दा जीवनमा रंगिन बहार आउने थियो । नारीको अस्मितामा दाग लाग्ने थिएन । महिलाहरुलाई समाजले नै कम्जोर बनाएका कारणले महिलाहरु समाजमा अपमानित हुनु परेको छ । अबका दिनमा महिलाहरु हटेर हैन, डटेर आफ्ना सम्पूर्ण हक अधिकारको लागि लड्नु पर्छ । नारीले नारीको कुरा काट्ने नभई नारीले नारीको अस्मिता जोगाउन लाग्नु पर्दछ । नारी अब घर र चुलोचौकामा मात्रै सीमित हुने हैन विभिन्न अवसरको खोजि गरी ती अवसरलाई आत्मसमाथ गरी सीपमूलक आयआर्जनमा लाग्नु पर्छ । जवसम्म शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका अन्य कुराहरुबाट जहिलेसम्म महिलाहर बञ्चित हुन्छ, त्यस वेलासम्म महिलाहरु विभिन्न किसिमको हिंसाबाट पीडित भईरहने छन । तसर्थ घर समाजमा हुने गरेका सवै किसिमका महिला हिंसाका घटनाहरुलाई निर्मुल गर्न चेतनाको ज्योति चौतर्फि छर्न आवश्यक छ ।
     
    लेखिका : बस्नेत (केसी) उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयमामा पनि कार्यरत हुनुहुन्छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org