समाचार

  • ठूलो परिणाममा गाँजा नष्ट ।

    news

     सोलु एफ.एम भाद्र २९
    सोलुखुम्बु ः सोलुखुम्बुमा पहिलो पटक गाँजा नष्ट गरिएको छ । सोलुदुधकुण्ड नगरपालीका वडा नम्बर ६ स्थीत नव श्रेष्ठको बारीमा उम्रिएको करिब ११ सय बोट गाजा नष्ट गरिएको हो ।
         सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पा सहितको प्रहरी टोलीले शुक्रबार उक्त गाँजा नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यलयमा प्राप्त गोप्य सुचनाको आधारमा सहायक प्रमुख जिल्ला अधिकारी शेर्पा सहितको टोलीले गाँजा नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले जानकारी दिनुभयो ।
         जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक नविन राईको नेतृत्वमा खटिएको प्रहरी टोलिले २ दिन लगाएर फडानी गरेको गाँजा शुक्रबार नष्ट गरिएको होे । प्राकृतिक रुपमै उम्रिएको भनिएको गाजा निकै छिप्छिसकेको प्रहरी निरीक्षक नविन राईले बताउनुभयो । जिल्लामा लागु औषध निर्मुल पार्ने अभियान अन्र्तगत प्रहरी सकृय रुपमा लागीपरेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।
         बारीमा उम्रीएको उक्त गाँजाका पारखीहरु दिनानु दिन बढ्न थालेको भन्ने सुचनाको आधारमा प्रहरीले गाजा (भाङ) नष्ट गर्न थालेको हो । साथै प्रहरीले  जिल्लाका अन्य क्षेत्रमा उम्रिएको गाजा पनि नष्ट गर्ने अभियानलाई तिव्रता दिईने प्रहरी नायब उपरीक्षक सालिग्राम शर्माले बताउँनुभयो । जिल्लामा गाँजाको प्रयोग गरेको पाइएमा लागु औषध ऐन २०३९ अनुसार कारबाही गरिने प्रनाउ पौडेलले बताउनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org