समाचार

  • थुलुङदुधकोशि गाउँपालिका पूर्ण विद्यार्थी भर्ना सुनिश्तिता घोषणा ।

    news

    सोलु एफ.एम भाद्र २९
    सोलुखुम्बु ः राष्ट्रिय बाल दिवसको अवसरमा थुलुङ दुधकोशी गाउँपालिकालाई पुर्र्ण विद्यार्थी भर्ना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । विद्यालय जाने उमेरका सबै विद्यालय विद्यालयको पहुचमा  पुगेको गाउँपालिकाले जानएको छ । पूर्ण भर्ना सुनिश्चितता गाउँपालिका घोषण हुने प्रदेश  १ कै पहिलो गाउँपालिका भएको शिक्षा विभाग संयोजक वृद्धिराज राइले दावि गर्नु भयो ।
    घोषणासँगै बालबालिकालाई विद्यालयमा टिकाइ राख्ने चुनौति रहेको गाउँपालिकाका अध्यक्ष असिम राईको भनाई छ । विद्यार्थी विद्यालयमा नियमित भए नभएको अनुगमग गरिने अध्यक्ष राईको भनाइ रहेको थियो । कार्यक्रमको अवसरमा गाउँपलिका भित्रका माध्यामिक विद्यालयहरु विच हाजिरी जवाफ प्रतियोगिता पनि आयोजना गरिएको छ ।
         हाजिरी जबाफ प्रतियोगितामा जीवन ज्योति मा.वि नेले प्रथम, जनता मा.वि लोखिम दोस्रो, विरेन्दोदय मा.वि तेस्रो र जनसेवा मा.वि लोखिम र हिमालयन मा.वि जुबुुले संयुक्त रुपमा सान्त्वना स्थान हासिल गरेका छन । प्रथम, दोस्रो र तेस्रो हुनेलाई १२, १० र ७ हजार पुरस्कार वितरण गएिको गाउँपालिकाका शिक्षा विभाग संयोजक वृद्धिराज राइले जानकारी दिनुभयो  । सान्त्वना भएका दुइ विद्यालयलाई ३–३ हजार नगद पुरस्कार प्रदान गरिएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org