समाचार

  • विभिन्न कार्यक्रम गरि बाल दिवस मनाइयो ।

    news

    सोलु एफ.एम भाद्र २९
    सोलुखुम्बु ः राष्ट्रिय बाल दिवसको अवसरमा सोलुखुम्बुमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाका विभिन्न विद्यालय गाउँपालिका नगरपालिकामा कार्यक्रमको आयोजना गरि दिवस मनाइएको छ । बालदिवसको अवसरमा सोलुखुम्बुको महेन्द्र ज्योति माध्यमिक विद्यालय खुम्बु पासङ ल्हामु गाउँपालिका ३ चौरीखर्कमा खुम्बु ईको सञ्जालको आयोजनामा भएको कार्यक्रममा मा.वि स्तरिय कविता प्रतियोगिता भएको छ । त्यसैगरी अन्तर आधारभुत विद्यालय स्तरिय नृत्य प्रतियोगिता तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । 
          कार्यक्रममा बोल्नुहुदै गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बालबालीकाको सवालमा ईको बाल क्लव सञ्जाल समितिले स्मरण योग्य काम गरिरहेको बताउनुभएको छ । अध्यक्ष शेर्पाले बाल अधिकारको क्षेत्रमा बाल क्लवलाई सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । 
    यस्तै गाउपालिका उपप्रमुख टासील्मु शेर्पाले किताबी ज्ञानलाई महत्व दिइ रहेको अवस्थामा बालबालिकाको क्षमता प्रस्फुटन गर्न आवश्यक रहेको बताउनु भयो । 
    बालदिवसको अवसरमा देउसा माध्यमीक विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । देउसा माविमा रहेको परिवर्ततशिल बालक्लवको आयोजनामा वडा भित्रका विद्यालयका लागि कक्षा ४ र ५ लाई हाजिरि जवाफ र कक्षा १ देखी ३ सम्मका विद्यार्थीका लागि भित्र बाहिर खेलको आयोजना गरिएको छ ।
         यस्तै तीन दिन सम्म सञ्चालन हुने गरि गाउँपालिका भित्रका विद्यालयका लागि छात्र भलिबल प्रतियोगीताको आयोजना गरिएको नबिना राईले जानकारी दिनुभयो । थुलुङदुधकोशी गाउँपालिका ७ देउसाका वडा अध्यक्ष रामसंघर्ष किराँतीले उद्घाटन गर्नुभएको कार्यक्रममा हाजिर जवाफ र भित्र बाहिर प्रतियोगीता सम्पन्न भएको छ ।
         हाजिरिजवाफ प्रतियोगीतामा देउसा मावि देउसा प्रथम, शिशुकल्याण आधारभुत विद्यालय फुर्के द्धितिय, र देउरालि आधारभुत विद्यालय बोगल तृतीय भएका छन् । चार वटा विद्यालयको सहभागीता रहेको भित्र बाहिर प्रतियोगीतामा प्रथम देउसा मावि देउसाकी सृजना खत्री, तोरिया प्राविकी हरिकला राई दितिय र देउसा मावि देउसाकै दिपप्रकास राई तृतीय हुनुभएको छ । भलिभल खेल शनिवार बिहानदेखि सुरु हुने छ । खेलमा ६ वटा समुहले सहभागीता जनाएका छन् । खेलमा प्रथम हुने समुहले १० हजार, द्धितिय हुने समुहले ७ हजार र तृतीय हुने समुहले ५ हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन् । 
    दिवसको अवसरमा वडा नम्बर २ कागेलको ठकुमाला आधारभुत विद्यालयमा पनि विभिन्न कार्यक्रम गरीएको छ । प्रगतीशिल बाल क्लवको आयोजनामा भएको कार्यक्रममा नृत्य,पुस्तक दौड, घैंटो फुटाई, हाजिरि जवाफ लगायतको प्रतियोगिता गरिएको बाल क्लवका अध्यक्ष मनोज कार्कीले जानकारी दिनुभयो । 
    सोलुदुधकुण्ड नगरपालीका ३ तामाखानीमा पनि दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । वडा कार्यलयको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर ३ मा रहेका का ४ ओटै विद्यालयको सहभागितामा रहेको वडा अध्यक्ष गोपाल मगरले जानकारी दिनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org