समाचार

  • भालुको आक्रमणका घाइतेलाई काठमाडौँ पु¥याइयो ।

    news

    सुवास दर्नाल  सोलु एफ.एम भाद्र २९ 
    सोलुखुम्बु ःभालुको आक्रमणमा परि घाईते भएका २ जनालाई थप उपचारका लागी काठमाण्डौ लगिएको छ । भालुको आक्रमणमा गरी विहिबार घाईते भएका सानु मगर र मनकुमारी मगरलाई ओखलढुंगाबाट हेलिकप्टरमार्फत काठमाण्डौँ लगिएको हो ।
          विहिबार दिउसो घर नजिकै घाँस काटन जाने क्रममा भालुले आक्रमणमा परेका उनीहरुलाई विहिबार नै काठमाण्डौ लैजाने तयरी भए पनि मौसम प्रतिकुलताका कारण हेलिकप्टर आउन नसकेपछि जिप मार्फत ओखलढुंगाको मिसन लिगएको थियो । जिल्ला अस्पताल फाप्लुमा उपचार हुननसक्ने भएपछि काठमान्डौ रेफर गरिएको थियो ।
         जिपबाट काठमान्डौ लैजादा घाईतेको अवस्था थप जटिल बन्दै गएकाले मिसन अस्पताल ओखलढुगांमा राखिएको वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल राना मगरले जानकारी दिनुभयो । शुक्रबार विहान साडे ११ बजे उनीहरुलार्ई ओखलढुगांबाट हेलिकप्टर मार्फत थपउपचारका लागी काठमाण्डौ लगिएको स्थानिय बाबुराम मगरले बताउनुभयो । घाईतहरुको शनिबार विहान ९ बजे अप्रेसन हुने अस्पतालले जनाएको छ । उनीहरुको अहिले शिक्षण अस्पताल महाराजगन्जमा उपचार भईरहेको छ ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org