समाचार

  • भोलि भोलि भन्दै वित्छ टेलिकमको सेवा प्रवाह ।

    news

     सोलु एफ.एम भाद्र २९
    सोलुखुम्बु ः  नेपाल टेलिकम शाखा कार्यलय सोलुखुम्बुको सेवा सुस्तता आउँदा सेवा ग्राहीले सास्ती खेप्न बाध्य बनका छन् । जिल्लाको सल्लेरीमा ल्याण्डलाइन सेवामा देखिएको समस्या समेत समधान हुन नसकेको सेवाग्राहीले गुनासा गरेका छन । केहि समय देखि ल्यान्डलाईको टेलिफोनमा आवाज नबुजिने लगायतका समस्या भए पनि त्यो समाधान हुन सकेको छैन । समस्या समाधानका लागी टेलिकम कार्यलय सल्लेरीलाई पटक पटक जानकारी गराए पनि कर्मचारी अभाव तथा अन्य समस्या देखाएर पञ्छिने गरेको सेवा ग्राहीको आरोप छ ।
         टेलिकममा पुग्दा भोलि भोलि भन्दै पठाउने गरेको भए पनि समस्या समाधान भने हुन सकेको छैन । कर्मचारीले ११ दिनसम्म पनि समस्या जस्ताको त्यस्तै रहेको भन्दै सेवा ग्राहीले आक्रोस समेत ब्यक्त गर्ने गरेका छन । यस विषयमा कुरा गर्दा नेपाल टेलिकम शाखा सोलुखुम्बुका सहायक चित्र मौक्तानले भोलि सार्वजनिक विदा भएकाले आइतबार सम्म समस्या समाधान हुने आश्वासन दिनुभएको छ । तर कार्यालयको लाहाचारका कारण सेवा ग्राहीको गुनासो गुनासोमै मात्र सिमत हुने गरेको छ ।
         सोलु एफ.एमले पनि टेलिफोन समस्या बारे पटक पटक कार्यलयलाई जानकारी गराए पनि हाल सम्म समस्या समाधान हुन सकेको छैन । टेलिकम कार्यलय पुग्दा तत्काल समस्या समाधान हुने आश्वसन दिने गरे पनि व्यवहारिक कार्यन्वयनमा ढिलासुस्ती गर्दा सञ्चार माध्यम समेत प्रभावित बनेको छ । 
     

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org