ताजा खबर

समाचार

  • उत्तर कोरियाका नेता किम जोङ्ग–उनका दाइको हत्या

    news

    फागुन ४ – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग–उनका दाइको मलेसियामा हत्या भएको छ । उत्तर कोरियाका नेता किम जोङ्ग–उनका सौतेनी दाइ किम जोङ्ग–नामको मलेसियाको राजधानी क्वालालम्पुरको विमानस्थलमा आक्रमण गरी हत्या गरिएको हो ।

    सोमबार विमानस्थलमा मकाउ जानका लागि विमान पर्खिरहेका रहेका बेला किम जोङ्ग–नामलाई एक महिलाले आक्रमण गरी हत्या गरेको बिबिसीले जनाएको छ । किम जोङ्ग–नामले त्यसबेला अर्कै नामको पासपोर्ट प्रयोग गरेका थिए । किम जोङ्ग–इलका जेठा छोरा जोङ्ग–नाम बुवाको निधनपछि भाइले सत्ता लिएर आफूले नपाएपछि देश बाहिर बस्दै आएको मानिन्छ ।

    उनी धेरै समय उत्तर कोरियाबाट बाहिर बस्दै आएका थिए । यसैबिच अमेरिकाले किम जोङ्ग–नामको हत्यामा उत्तर कोरियाकै संलग्नता गरेको दाबी गरेको छ । तर जोङ्ग–नामको हत्या कसरी भयो भन्ने बारेमा अमेरिकी अधिकारी अझै अनुसन्धानमै रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org