ताजा खबर

समाचार

  • काठमाडौंका दुई औषधि पसलमा सिलबन्दी

    news

    काठमाडौंका दुई औषधि पसलमा सिलबन्दी गरिएको छ । शङ्खमुलमा रहेको देउती फार्मेसी र लाइफलाइन मेडिकल नियम विपरीत सञ्चालन भएको पाएपछि दुवै औषधि पसलमा सिलबन्दी गरिएको हो।

    आपूर्ति व्यवस्थापान तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा दर्ता नगरी मेडिकल ल्याब सञ्चालन गरेको, बिल नभएको पाएपछि लाइफलाइन मेडिकललाई सिलबन्दी गरी तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

    त्यसैगरी शङ्खमुलस्थित देउती फार्मेसीलाई पनि फार्मेसीमा मात्र दर्ता गरी ल्याबसमेत सञ्चालन गर्दै आएको पाएपछि हाललाई सिलबन्दी गरी तीन दिनभित्र विभागमा र औषधि व्यवस्था विभागमा सम्पर्क गर्न निर्देशन दिइएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

    दुवै औषधि पसलबाट मूल्य उल्लेख नभएको औषधिको नमुना सङ्कलन गरिएको, गोदाममा रहेको सामानमा अधिकतम् मूल्य उल्लेख नभएको पाइएकाले सामानको कागजातसहित पेस गर्नसमेत निर्देशन दिइएको छ ।
    रासस

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org