समाचार

  • चार बर्ष पछि साईली भेट्न सोताङ आउँदै गौतम सागर ।

    news

    भोजराज कार्की
    सोलु एफ एम, ४ असोज
    सोलुखुम्बुको पावैमा जन्मनुभएका गायक गौतम सागर राईको नयाँ गितको चाडै बजारमा आउने भएको छ । भेटौला है साईली शुक्रबारे सोताङ बजार बोलको गीत रेकर्ड सकिएर मिक्सिङको काम भईरहेको गायक गौतम सागर राईले जानकारी दिनुभयो ।
         पुर्वेलि गित संगितमा जिल्लामै पहिलोपटक पाईला चाल्नुभएका गायक राईले चार बर्ष पछि नयाँ गित बजारमा ल्याउन लाग्नुभएको हो । चार बर्षे अमेरिका बसाई पछि आमाको उपचारमा नेपाल फर्कनुभएका राईले बुडिडाँडा ओरालो झर्दै दुधकोशी खोला तरेर आफ्नै मातृभुमि सोताङ बजारमा भेट्ने कुरा गर्नुभएको छ । गाएक राईले सोलु एफ एम संग कुराकानी गर्नुहुदै गाउँबस्तीको कुरालाई गीत संगीतको माध्यमबाट विश्व सामु चिरपरिचित गराउनु आफ्नो पहिलो लक्ष्य रहेको बताउँनुभयो ।
         गायक राई सोलु एफ एममा नाछिरिङ राई भाषाको पहिलो कार्यक्रम उत्पादक तथा प्रस्तोता समेत हुुनुहुन्छ । हाल उहाँ अमेरीकाको कोलोराडो शहरमा कार्यरत हुनुहुन्छ । उहाँ सोलु एफ एमको अमेरिका बिशेष प्रतिनिधिको रुपमा हुनुहुन्छ ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org