समाचार

  • खाद्य संस्थानको चामल विक्र हुन छोड्यो ।

    news

    सोलु एफ.एम ९ आश्विन 
    सोलुखुम्बु ः पछिल्लो समय नेपाल खाद्य संस्थानको चामल विक्रि हुन छाडेको छ । व्यक्तिगत रुपमा संचालित पसलमा प्रशस्त चामल पाउन थाले पछि खाद्यसंस्थानको चामल बिक्री हुन छाडेको हो । 
    अहिले खाद्य संस्थानको गोदाममा करिब ७० क्युन्टल चामल रहे पनि विक्रि शुन्य रहेको संस्थानका प्रमुख शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । खाद्य संस्थानमा अहिले जिरा मसिना चालम रहेको बताईएको छ । बाहीर बजारमा पाउने भन्दा उच्च गुणस्तरको चामल भएपनि बिक्रि नभएपछि बिकल्प खोजीएको कार्यालय प्रमुख रेग्मीको भनाई छ । 
      सल्लेरीमा विक्रि नहुने भए पछि नाम्चे लगाएत माथिल्लो क्षेत्रमा चामल पठाउन टेन्डर स्वीकृत भइसकेको छ । चामल ढुवानीका लागि आर.के कन्स्टसने जिम्मा पाएको छ । तत्काल सम्झौता भए पछि चामल माथिल्लो क्षेत्रमा पठाइने प्रमुख रेग्मीको भनाइ छ ।
    गाउँगाउँमा पसल खुलेका कारण पनि संस्थानको चामल विक्रि नभएको कार्यालयको अनुमान छ । सल्लेरीमा चामल विक्रि नहुने भए पछि डिपो कार्यालय नै नाम्चेमा राख्ने गरि विभागमा छलफल भईरहेको पनि रेग्मीको भनाइ छ । अहिले संस्थानमा उपलब्ध चामलको मूल्य प्रति के.जि ५७ रुपैया रहेको छ । यस्तै चालम बजारमा भने उपलब्ध नभएको उद्योग बाणिज्य संघ सोलुखुम्बुका सह–सचिव महेश राईले बताउनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org