समाचार

  • बालकालिकालाई सचेत गराउँदै नगरपालिका ।

    news

    सोलु एफ.एम ९ आश्विन 
    सोलुखुम्बु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आयोजना गरेको सामाजिक विसंगति विरुद्धको कार्यक्रम मंगलबार नगरपालिकाको वडा नम्बर ८ स्थीत चाङ्गेस्थान माध्यमीक विद्यालयमा सम्पन्न भएको छ । विद्यालयका कक्षा ८,९ र १० विद्यार्थीलाई प्रशिक्षण दिइएको प्रहरी कार्यक्रम सञ्चालक चुडामणि खतिवडाले जानकारी दिनुभयो ।
    प्रशिक्षणमा बालविबाह, महिला माथि हुने हिंसा, मानव ओसार पसार, बालशोषण लगाएता विषयमा जानकारी गराइएको थियो । बालविबाह, महिलामाथिको हिंसा लागायतका विषयमा भएका कानुनी प्रावधानको विषयमा प्रहरी निरीक्षक नवीनले राईले प्रशिक्षण दिनुभएको छ ।
    कार्यक्रममा बोल्नुहुदैै नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बालविबाह, बलत्कारका समस्या बालबालिकामा नपरोस भनेर कार्यक्रमको आयोजना भएको जानकारी दिनुभयो । शिक्षामा सरकारको लगानि धेरै भएको भन्दै विद्यार्थीले त्यको फाइदा उठाएर राम्रो पढ्नु पर्ने उहाँको धारण रहेका छ । 
    कुरा सिक्नु भन्दा व्यवहारमा लागु गर्नु ठूलो कुरा रहेको नगरपालिकाका उपमेयर कल्पना राईले जानकारी दिनुभयो । महिलामात्र हिंसामा पर्दैनन पुरुष पनि हिंसामा पर्न सक्ने भन्दै सबै सचेत रहनु पर्ने राइको भनाइ थियो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org