समाचार

  • हिंसा पीडितका लागि आवास गृह बनाइने ।

    news

     सोलु एफ.एम १२ आश्विन 
    तेह्रथुममा हिंसामा परेका महिलाहरुका लागि सुरक्षित आवास गृह निर्माण हुने भएको छ । हिंसापीडितहरुका लागि छुट्टै रेखदेख गर्ने निकाय नहुँदा समस्या भएको भन्दै सरोकारवालाहरुले गुनासो गर्न थालेपछि म्याङलुङ नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट सुरक्षित आवास गृह निर्माण गर्ने भएको हो । 
     
    हिंसामा परेर अदालतसम्म आएका महिला, बालबालिका र ज्येष्ठ नागरिकलगायतका लागि छुट्टै रेखदेख गर्ने निकाय नहुँदा त्यस्ता पीडितहरुलाई अर्को जिल्लासम्म पुर्‍याउनुपर्ने अवस्था रहेको थियो । हिंसामा परेका बेला मुद्धा दर्ता भएपछि पीडितहरुको सुरक्षा र स्वास्थ्यका दृष्टिकोणले खतरा हुने मानिन्छ । 
     
    उनीहरुलाई छुट्टै स्वतन्त्र निकायको मातहतमा राखेर घटनाबारे स्वतन्त्र छानबिन गर्ने बातावरण बनाउने गरिन्छ । त्यसका लागि नगरपालिकाले आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाका उपप्रमुख पार्वती सानु डाँगीले बताउनुभयो । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org