समाचार

  • खुम्बुको कार्गो भाडा बारे प्रशासनको चासो ।

    news

    सोलु एफ.एम १९ आश्विन 
    सोलुखुम्बु ः फाप्लु देखी खुम्बु कार्गो ढुवानीको लागि बृद्धि भएको भाडाको बिषयमा प्रशासनले चासो देखाएको छ । सोलुखुम्बुको फाप्लु विमानस्थलमा रहेको खुम्बु लाने सामग्री ढुवानि भाडा बढेको विषयमा केन्द्रसँग छलफल गर्ने निर्णय भएको छ । पहिलो प्रति के.जि ९० रुपौयामा ढुवानि हुदै आएकोमा बढेर प्रति के.जी १ सय १० रुपौँया पु¥याइएको छ ।
         शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको श्री एयरलाइन्सका प्रतिनिधि, सरोकारवालसँगको छलफलमा यस्तो निष्र्कष निकालिएको हो । जिल्ला प्रशासनको रोहवबरमा भएको छलफलमा भाडाको विषयमा केन्द्रसँग छलफल गर्ने र निष्कर्षमा पुग्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले जानकारी दिनुभयो ।
    श्री एयरलाइन्सका प्रतिनिधि तथा पाइलट जीवन मुखियाले भाडा बढाउने घटाउने विषय केन्द्रको भएको जानकारी दिनुभयो । केन्द्रले व्यापारीसँग छलफल गरेर नै मूल्य निर्धारण गरेको भन्दै १ सय १० मा नै सामान ढुवानि गरिरहेको बताउनु भयो । कार्गो ढुवानी गर्दा अनिवार्य चेक जाँच गर्नु पर्ने र कार्गो ढुवानी गर्दा  क्रमैसँग सबैको ढुवानी गर्ने समेत सहमति भएको शेर्पाले जानकारी दिनु भयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org