समाचार

  • मिनि म्याराथुनको उपाधि सन्तोष राईलाई ।

    news

    सोलु एफ.एम २१ आश्विन 
    सोलुखुम्बु ः सोलुखुम्बुको माप्यदुधकोशि गाउँपालिकाको वासामा भएको म्याराथुन प्रतियोगिताको उपाधि माप्यदुधकोशि गाउँपालिकाका वडा नं १ का सन्तोष राईले जित्नु भएको छ । राईले निर्धारीत दुरी १ घण्टा २६ मिनेटमा पुुरा गर्नुभयो । 
    त्यसै गरि दोस्रो जसवीर राई हुनेभयो । उहाँले निर्धारीत दुरी १ घण्टा ३३ मिनेट ४५ सकेण्डमा पुरा गर्नुभयो । तेस्रो भने वडा नं २ का रबिन राई हुनुभयो । वडा नं २ कै विशाल राईले सान्वत्वना स्थान हासिल गर्नुभयो । 
    स्थाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ भएको प्रतियोगिताका महिला तर्फको खेलमा म्याराथुनमा पूर्णीमा राईले १ घण्टा ४० मिनेटमा दुरी पुरा गर्दै  प्रथम हुनु भयो । सविना राई २ घण्टा  ४ मिनेटमा दुरी पुरा गरी दोस्रो स्थान हासिल गर्नु भयो ।  अन्जुकला राईले तेस्रो स्थान हासिल गर्नु भएको छ । चौथो स्थान बविता राईले हात पार्नु भयो । 
    दुवै विधाका प्रथम,द्धितिय, तृतिय र सान्वत्वना हुने खेलाडिलाई क्रमश ८ हजार, ६ हजार, ४ हजार र २ हजार नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै ५ औँ देखि १० औँ स्थान हासिल गर्नेलाई मेडल र प्रमाण पत्र समेत वितरण गरिएको छ । 
     
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org