समाचार

  • मध्यवर्ती क्षेत्रको अध्यक्षमा नाम्गेल शेर्पा ।

    news

    सोलु एफ.एम २३ आश्विन 
    सोलुखुम्बु ः सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका अन्तर्गत रहेको मेरापिक मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको अध्यक्षमा नाम्गेल शेर्पा निर्वाचित हुनु भएको छ । मंगलबार भएको निर्वाचनमा प्रतिद्धन्दी सन्तोष तामाङलाई ३२ मत अन्तरले पराजित गरि शेर्पा विजयी हुनु भएको हो । 
    शेर्पाले ९० मत ल्याउनु भयो भने तामाङ्ले ५८ मत प्राप्त गर्नु भयो । मंगलबार लुक्लामा  भएको निर्वाचनमा  उपाध्यक्ष पदमा सोनाम फुटी शेर्पाले ७३ मत प्राप्त गरि विजयी हुने भयो भने उहाँका प्रत्यासी फुलमाया तामाङ्गले ५८ मत प्रप्त भएको थियो । सचिवमा किरण राई र लाक वीर तामाङ्गले उमेद्धारी दिएकोमा किरण राई ७२ सहित विजय हुनु भयो ।  प्रत्यासि लाक वीर तामाङ्गले ६१ मत प्रप्ता भएको थियो । खसेको मतमा वद्धर ५ मत पुगेको थियो ।
    स्थानिय एक घर एक मत गरी १५८ घर धुरीबाट मत खसेको फेन्सीप क्लबका कोषाध्यक्ष श्याम खत्रीले जानकारी दिनभयो । 
    सगरमाथा राष्ट्र निकुञ्जको भित्र पर्ने स्थानिय समुदायलाई जैविक विविधता संरक्षणमा सहभागिता सुनिश्चित गर्दै जैविक स्रोतबाट प्रप्ता हुने लाभको विवरणमा स्थानिय समुदायलाई साझेदारी बनाउने उद्देश्यले २०५८ मा सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषण गरिएको थियो । 
     

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org