समाचार

  • दिनमा बीस क्वीन्टल नुन विक्रि ।

    news

    सोलु एफ.एम २३ आश्विन 
    सोलुखुम्बु ः सोलुखुम्बुमा दशै तिहार लक्षित नुनको विक्र वितरण सामान्य रुपमा भइरहेको छ । दैनिक १५ देखि २० क्वीन्टल नुन विक्रि भइरहेको सालट्रेडिङ लिमिटेल सल्लेरीले जानकारी दिएको छ । 
    साल ट्रेडिङमा अहिलेसम्म करिब ६ सय ५० क्वीन्टल नुन विक्रि भइसकेको कार्यालयले जनाएको छ । कार्यालयमा अझै पनि करिब १३ सय ९३ क्वीन्टल नुन स्टक रहेको साल ट्रेडिङ कर्पाेरेसन सल्लेरीका प्रमुख श्याम प्रसाद साहले जानकारी दिनुभयो । 
    गाउँगाउँका किराना पसलमा नै प्रसस्त मात्रामा नुन पाइने भएकाले नुनको विक्रि कम भएको साहको भनाइ रहेको छ । पछिल्लो समयमा नगरपालिका भित्रकै उपभोक्ताले नुन खरिद गर्न आउने गरेको उहाँको भनाइ छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org