समाचार

  • मौसमले साथ दिएमा १ हप्तामा सामान ढुवानी सकिने प्रमुख चौरसियको दावि ।

    news

    सोलु एफ.एम २३ आश्विन 
    सोलुखुम्बु ः सोलुुखुम्बुको फाप्लु विमनस्थलबाट मंगलबार  १९ वटा उडान भएका छन । जसमा ठूलो कार्गोले ४ पटक खुम्बुका लागि उडान भरको छ भने सानो कार्गोले १२ पटक उडान भएरको छ । 
    त्यस्तै हवाइ इन्धन बोकेका दुइ वटा हेलिकप्टर खुम्बु गएका छन । तारा एयरलाइन्सको एउटा ट्युनेटरले चाटर गरेर काठमाडौ यात्रु लगेको छ । नेपाल वायुसेवा निगमको नियमित उडान तालिका रहे पनि विमान नआएका कारण तारा एयरलाइन्सको विमान चाटर गरेर यात्रु लगेको विमानस्थलका प्रमुख अमित चौरसियाले जानकारी दिनुभयो । 
    कार्गो हेलिले दिनमा धेरैमा ६ पटक उडान गर्नु पर्ने भए पनि मौसम खराविका कारण हेलिले ४ वटा मात्र उडान भरेको चौरसियाले जानकारी दिनुभयो । मौसम सुधार भएको खण्डमा विमानस्थलको सामग्री एक हप्तामा उठाइ सकिने समेत चौरसियाको दावि रहेको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org