समाचार

  • जिल्ला कारागारमा क्षमता भन्दा तीन गुना कैदि बन्दी ।

    news

    सोलु एफ.एम २४ आश्विन 
    सोलुखुम्बु ः  जिल्ला कारागार सोलुखुम्बुमा क्षमता भन्दा तीन गुना बढी कैदि बन्दी हुदा व्यवस्थापनमा समस्या भएको छ । क्षमता भन्दा बढी कैदिबन्दी भए पछि व्यवस्थापनमा समस्या भएको जिल्ला कारागार शाखा सोलुखुम्बुले जनाएको छ ।
         क्षमता भन्दा बढी कैदिबन्दी हुँदा कोठामा नअटेपछि प्यासेजमानै सुत्नु पर्ने अवस्था रहेको जेलर महेश निरौलाले बताउनुभयो । २५ जनाको क्षमता रहेको उक्त कारागारमा अहिले ६५ जनाले कैद भुक्तान गरिरहेका छन् । कैदिबन्दी मध्ये धेरै जसो कर्तव्य ज्यान मुद्दा र जवरजस्ती करणीमा संलग्न रहेको जेलर निरौलाले बताउनु भयो ।
         जिल्ला काराकागको भवन बनाउने प्रकृया अगाडि बढीसकेकाले भवन निमार्ण पछि समस्या समाधान हुने निरौलाले विश्वास व्यक्त गर्नु भयो । इन्जीनियरले स्टीमेट गरेर गइसकेकाले छिट्टै भवन निमार्ण प्रक्रिया सुरु हुने उहाँको दावि रहेको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org